You are currently viewing अछामको साँफेहाटबजारमा भीषण आगलागी,१० वटा पसल जलेर नष्ट
Photo : Ishwar kunwar/Achham

अछामको साँफेहाटबजारमा भीषण आगलागी,१० वटा पसल जलेर नष्ट

वैशाख १३,अछाम : अछाम जिल्लाको साँफे हाटबजारमा भीषण आगलागी हुँदा १० वटा पसल जलेर नष्ट भएका छन । सनिबार बिहान साढे ३ बजे साँफेबगर नगरपालिका वडा न.३ स्थित हाटबजारमा रहेको सुवेच्छा होटलबाट विद्युत सर्ट भई सल्किको आगोले १० वटा पसल पूर्ण रुपमाा जलेर नष्ट हुँदा लाखौको क्षति भएको छ ।

Photo : Ishwar kunwar/Achham

आगलागीबाट गंग कुँवरको कालभैरव एण्ड सन्स जनरल स्टोर, प्रेम खड्काको शुभेच्छा मम सेन्टर, भिम कुँवरको रोड साईड रेष्टुरेन्ट, दिपक सुनारको कालभैरव सुनचाँदी पसल, ज्ञानेन्द्र कुँवरको डाकग्यालरी, टीका कुँवरको टीका फेन्सी एण्ड व्युटी पार्लर, सुरेस कुँवरको शितल नास्ता पसल, किशोर भाटको मदिरा पसल, मक्र कुँवरको रिभर साईड नास्ता पसल, सुमन कुँवरको राज्यश्वरी कृषि तथा पशुपछि फर्म जलेको प्रहरीले जनाएको छ । क्षतीको एकिन विवरण आइसकेको छैन ।

Photo : Ishwar kunwar/Achham

Leave a Reply