जेठ १७,धनगढी : अत्तरियामा स्कुटीलाई मोटरसाइकलले ठक्कर दिँदा ३ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तरगत जिल्लाको गोदावरी नगरपालिका ४ वसन्तपुरमा रोकिएको स्कुटीलाई मोटरसाइकलले ठक्कर दिँदा ३ जना घाइते भएका हुन ।
सुप प्र ०११३ प ४४३ नम्बरको रोकिएको स्कुटीलाई सुप प्र ०१०१२ प ९५४७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । घाइते हुनेमा स्कुटी चालक गोदावरी नगरपालिका – ४ वसन्तपुरका ३७ वर्षीय राम बहादुर चौधरी र मोटरसाइकल चालक र मोटरसाइकलमा सवार २ जना रहेको छन् ।
मोटरसाइकल चालक र सवारको नाम ठेगाना नखुलेको ट्राफिक प्रहरीले जनाएको छ । घाइते तीनै जनाको अत्तरियामा रहेको पदमा अस्पतालमा उपचार भइरहेको छ ।