You are currently viewing अनलाइन प्लेटफर्महरूमा प्रचारित औषधीहरूको बिक्री–वितरण रोक्न विभागको निर्देशन

अनलाइन प्लेटफर्महरूमा प्रचारित औषधीहरूको बिक्री–वितरण रोक्न विभागको निर्देशन

१६श्रावण,२०८२ः चिकित्सकीय प्रमाण बिनै सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्महरूमा प्रचारित केही औषधिजन्य वस्तुको बिक्री–वितरण तत्काल रोक्न औषधि व्यवस्था विभागले निर्देशन दिएको छ ।
विभागले ती उत्पादनहरू जनस्वास्थ्यका लागि गम्भीर खतरा हुन सक्ने भन्दै औषधिको नाम र तस्बिरसहित सार्वजनिक सूचना जारी गरी तत्काल रोक्न निर्देशन दिएको हो । फेसबुक, टिकटक, युट्युब लगायतका माध्यममा थाइराइड, प्रोस्टेट, सुगर, युरिक एसिड, मोटोपन, यौनशक्ति वृद्धि, जाँड रक्सी छुटाउने तथा क्यान्सरजस्ता गम्भीर रोगसम्बन्धी औषधि पूर्ण रूपमा निको पार्ने दावी गर्दै पौरुष हेल्थ जीवन, पौरुष जीवन, डिफ्यूजल –एल, कायाप्लस, १०० हर्स पावर,३० मिनेट स्टप, डायबेटिक कन्ट्रोल, जिमनेमा सिलभेस्ट्रे क्याप्सुल, बूजी नाम गरेका औषधीहरूको प्रचार भइरहेकामा विभागले गम्भीर चासो व्यक्त गरेको छ ।


विभागले प्रेस्क्रिप्सनविनै यस्ता औषधिको प्रयोग गर्नु गम्भीर स्वास्थ्य जोखिम निम्त्याउने भन्दै जनतालाई सचेत रहन आग्रह गरेको छ। वैज्ञानिक परीक्षण र गुणस्तर प्रमाणीकरण बिनै प्रचार गरिएको यस्ता औषधि सेवनले गम्भीर साइड इफेक्ट उत्पन्न हुनसक्ने विभागले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply