You are currently viewing अनुको मुख्य भुमिका रहेको ‘दुई वचन बोलिजा’ गीतको म्युजिक भिडियो सार्वजनिक ( भिडियो सहित )

अनुको मुख्य भुमिका रहेको ‘दुई वचन बोलिजा’ गीतको म्युजिक भिडियो सार्वजनिक ( भिडियो सहित )

आश्विन १२,धनगढी : पछिल्लो समयकी व्यस्त कलाकार अनु खड्का अभिनित म्यजिक भिडियो सार्वजनिक भएको छ । लाल बहादुर धामी अछामी बड्डो र देवी घर्तीको स्वर तथा लयमा रहेको गीतको म्युजिक भिडियो दुई वचन बोलिजा देउडा गीतको अछामी बड्डोको युट्युब च्यानलबाटचार दिन अघि सार्वजनिक गरिएको हो । गीतमा अनुसँगै गायक स्वयम लालबहादुर धामी अछामी बड्डोले अभियनमा साथ दिएका छन ।

पेशाले स्वास्थ्यकर्मी रहेकी खड्का पछिल्लो समय मोडलिङ्कमा पनि स्थापित हुँदै गएकी छन् । उनले दर्जनौं लोकडेउडा गीतमा अभिनय गरेसकेकी छन । उनले सुनै फल्ने देश,भौंसाकी गोठाली,मेरा गाउँ जाल्लीकी ,नमेट्टिने तेरो माया,तु अब अर्काकी भैगै,वारी कञ्चनपुर,पैतल मिला चट्ट,झल्का तिलहरी,डेउडा झमाझम,अधुरी रै भेट,तड्पी बाँचनु कति,परेलीका आँशु,परानी रुन लाग्यो लगायत गितमा जिवन्त अभिनयकै कारण उनी पछिल्लो समय मोडलिङ्कमा पनि व्यस्त हुने गरेकी छन ।

राजेन्द्र शाह बिपीको शब्दमा रहेको देउडा गीतको म्युजिक भिडियोको निर्देशन भीम थापा र छायाँकन अमृत उपाध्यायले गरेका हुन् ।

अभिनयमा मुख्य भूमिकामा रहेका धामी र खड्कालाई कलाकारहरु प्रदिप पाल, समिक्षा भट्ट, सागर चन्द ठकुरी, अनु चन्द लगायतले साथ दिएका छन् भने दृष्य निर्माण खप्तड फिल्मसले गरेको छ ।

भिडियो हेर्नुहोस…

Leave a Reply