You are currently viewing अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने नेपाली टोलीको बिदाइ /@NepaliWomenCricketTeam

अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने नेपाली टोलीको बिदाइ /@NepaliWomenCricketTeam

फाल्गुन २१,धनगढी : नेपाल क्रिकेट संघ ९क्यान० ले युगान्डमा हुने वुमन्स डे कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने नेपाली टोलीको बिदाइ भएको छ । बुधबार टोलीको बिदाइ गरेको हो । केन्द्रिय कार्यालय मुलपानीमा आयोजित बिदाइ कार्यक्रमा क्यानका सचिव पारस खड्का, प्रवक्ता छुम्बी लामालगायतको उपस्थिति थियो ।

मार्च ८ देखि १६ सम्म हुने ट्वान्टी-२० प्रतियोगितामा नेपालसहित युगान्डा, हङकङ र नामिबियाको सहभागिता रहनेछ । एक अर्कासँग दुई पटक प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउने छन् ।

नेपालले मार्च ८ मा नामिबयासँग खेल्दै प्रतियोगिताको सुरवात गर्नेछ । यसैगरी नेपालले मार्च ९ मा युगान्डा मार्च १० मा हङकङको सामना गर्नेछ । यस्तै नेपालले मार्च १२ मा नामिबिया, १३ मा युगान्डा र १४ मा हङकङसँग फेरि खेल्नेछ । प्रतियोगिताका लागि इन्दु बर्माको कप्तानीमा १४ सस्यीय टोली घोषणा भइसकेको छ । साना प्रविन र रिया शर्माले पहिलोपल्ट सिनियर टोलीमा स्थान बनाएका छन् । कप्तान इन्दु बर्माको नेतृत्वमा अन्तराष्ट्रिय भ्रमण गर्न लागेको नेपाली टोलीमा रुविना क्षेत्री, विन्दु रावल, पूजा महतो, सम्झना खड्का, ममता चौधरी, राजमति ऐरी, रोमा थापा, रचनाकुमारी चौधरी, कविता जोशी, ईश्वरी विष्ट, अलिशाकुमारी यादव (विकेटकिपर), साना प्रविन, रिया शर्मा रहेका छन ।

Leave a Reply