असार ३,धनगढी : स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा नेदरल्याण्ड्सविरुद्ध नेपाल सुपर ओभरमा पराजित भएको छ । सोमबार राति सम्पन्न खेलको तेस्रो सुपर ओभरमा नेपाल पराजित भएको हो । तेस्रो सुपर ओभरमा पहिला ब्याटिङ गरेको नेपालले कुनै पनि रन नजोडेर दुई विकेट गुमायो । क्रिकेटको कुनै फरम्याटमा पनि खेल तेश्रो सुपर ओभरसम्म धकेलिएको थिएन । आजको खेलको नतिजा नेपालको पक्षमा नआएपनि इतिहाँसको रुपमा चाँहि दर्ज भयो ।
योसँगै नेपाल बलियो लक्ष्य दिन चुक्यो । नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएको थियो । दोस्रो सुपर ओभरमा नेदरल्याण्ड्सले दिएको १८ रनको लक्ष्य पछ्याएको नेपालले १७ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो । पहिलो सुपर ओभरमा १९ रन बनाउँदा पनि नेपालले जोगाउन सकेन । त्यस सुपर ओभरमा कुशल भुर्तेलले ५ बलमा दुई छक्का र एक चौकासहित १८ तथा कप्तान रोहितकुमार पौडेलले एक बलमा अविजित एक रन जोडे ।निर्धारित २० ओभरमा १ सय ५३ रनको लक्ष्य पछ्याएको नेपालले ८ विकेट गुमाएर १ सय ५२ रन बनाएपछि खेल सुपर ओभरमा धकेलियो ।
नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ३५ बलमा तीन चौका र दुई छक्कासहित सर्वाधिक ४८ रन बनाए । यस्तै, कुशल भुर्तेलले ३४, रुपेश सिंहले १९, किरण ठगुन्नाले १५ तथा नन्दन यादवले अविजित १२ जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।त्यसअघि स्कटल्याण्डको ग्लासगोमा टस हारेर ब्याटिङको मौका पाएको डच टिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५२ रन बनायो ।
उसका लागि तेजा निदामानरुले ३५, विक्रमजित सिंहले ३०, साकिब जुल्फिकारले अविजित २५, माइकल लेभिटले २०, म्याक्स ओदाउदले १९ र ज्याक लायन–क्याचेटले ११ रन जोडे । नेपालका लागि स्पिनर सन्दीप लामिछानेले सानदार बलिङ गरे ।उनले चार ओभरमा १८ रन दिएर कप्तानसहित तीन ब्याटरको विकेट लिए । यस्तै, नन्दन यादवले दुई तथा ललितनारायण राजवंशी, कुशल भुर्तेलले एकरएक विकेट लिए । नेपालले अब मंगलबार स्कटल्याण्डको सामना गर्नेछ ।