You are currently viewing अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप २०२५ फाइनल : पहिलो हाफ गोलरहित बराबरीमा सकियो /@Nepalifootball

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप २०२५ फाइनल : पहिलो हाफ गोलरहित बराबरीमा सकियो /@Nepalifootball

फाल्गुन १४,धनगढी : अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप २०२५ अन्तर्गत घरेलु टोली नेपाल र म्यानमारबीचको फाइनल खेलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी फाइनल खेलमा नेपाली राइट ब्याक विमला विकको गोल लाइन क्लियरेन्स नतिजाको गोलरहित नतिजाको मुख्य आधार बन्यो । त्यस्तै फरवार्ड सावित्रा भण्डारीले सुनौलो अवसरलाई सदुपयोग गर्न सकिनन् ।

खेलको २४औं मिनेटमा म्यानमारले काउन्टर आक्रमण बुनेको थियो । त्यही आक्रमणमा फरवार्ड सान थाउ थाउले बक्सभित्रबाट दोस्रो बारमा शक्तिशाली प्रहार गरेकी थिइन् । गोलकिपर अन्जिला तुम्बाप्पो सुब्बा बिट भइसकेको अवस्थामा विमलाले गोल लाइन क्लियरेन्स गरेकी हुन् ।

निर्धारित हाफ सकिन १० मिनेट बाँकी छँदा सावित्रा ‘वान भर्सेस वान’मा चुकिन् । प्रीति राईको सुन्दर थ्रु पासलाई सदुपयोग गरेकी रेखाले राइट साइडबाट सावित्रालाई पास मिलाइदिएकी थिइन् । तर, सावित्राको प्रहार म्यानमारकी गोलकिपर म्यो म्या म्या न्याइनले बचाइन् ।

Leave a Reply