You are currently viewing अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप : नेपाल र म्यानमार बराबरीमा रोकिए /@NepaliFootball

अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप : नेपाल र म्यानमार बराबरीमा रोकिए /@NepaliFootball

फाल्गुन ११,धनगढी : अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा आइतबार लिग चरणको अन्तिम खेलमा नेपाल र म्यानमार बीचको खेल २-२ को बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा नेपालका लागि सविता रानामगर र सावित्रा भण्डारीले गोल गरे । म्यानमारका लागि मयत खिन र मे एचटेट लुले गोल गरे । यो नतिजासँगै तीन खेलमा समान सात अंक रहेपनि गोल अन्तरका आधरमा म्यानमार विजेता र नेपाल उपविजेता बन्दै फाइनल पुगेका छन् । यसअघि दुवै टोलीले किर्गिस्तान र लेबनानलाई हराएका थिए ।

नेपालले म्यानमारसँग दोस्रो पटक बराबरी खेलेको हो । यसअघि सन् २०१९ मा भारतमा भएको हिरो कपको लिग चरणमा नेपाल म्यानमारसँग ३-० तथा फाइनलमा ३-१ ले पराजित भएको थियो । त्यसअघि सन् २०१८ मा भएको ओलम्पिक एसिया छनोटको पहिलो चरणमा नेपालले म्यानमारसँग १-१ को बराबरी खेलेको थियो ।खेलको छैटौं मिनेटमा मयतको गोलमार्फत म्यानमारले अग्रता लिएको थियो । उनले सेकन्डबार च्यापेर प्रहार गरेको फ्रिकिकलाई नेपाल गोलकिपर अन्जना रानमगरले बचाउने कुनै अवसर नै पाइनन् ।

 

म्यानमारको त्यो अग्रता लामो समयसम्म टिक्न भने सकेन । पाँच मिनेटपछि नै नेपालले बराबरी गोल फर्कायो । सावित्राको क्रसलाई सविताले वान टचमै पोस्टको दिशा दिइन् । मेले १७औं मिनेटमा म्यानमारलाई २-१ को अग्रता दिलाइन् ।

 

उनले नेपाली रक्षक गीता रानाले क्लियर गर्न खोजेको बललाई नियन्त्रणमा लिँदै लुले उत्कृष्ट गोल गरिन् । सावित्राले ४०औं मिनेटमा गोल गर्दा नेपाल २-२ को बराबरीमा आयो । उनले प्रीति राईको पासलाई सदुपयोग गरिन् ।त्यसपछि थप गोल निस्कन नसक्दा दुवै टोली अंक बाँड्न बाध्य बने । अब उपाधिका लागि आउँदो बुधबार यी दुवै टोली नै भिड्नेछन् ।

Leave a Reply