You are currently viewing अन्तर्राष्ट्रिय मञ्चमा ग्ली एकेडेमीको ऐतिहाँसिक उपलब्धी,जित्यो ७ ट्रफी

अन्तर्राष्ट्रिय मञ्चमा ग्ली एकेडेमीको ऐतिहाँसिक उपलब्धी,जित्यो ७ ट्रफी

१८ श्रावण,२०८२ : मोरिससमा जुलाई १ देखि ६ तारिखसम्म सम्पन्न २६औं अन्तर्राष्ट्रिय विद्यार्थी गुणस्तर सर्कल (स्टुडेन्ट क्लीटी सर्कल) सम्मेलनमा ग्ली एकेडेमी स्कुल, धनगढीले ऐतिहासिक सफलता हात पार्दै ७ वटा ट्रफी जितेर नयाँ कीर्तिमान कायम गरेको छ।

यस उपलब्धिसँगै ग्ली एकेडेमी स्कुल सुदूरपश्चिम प्रदेशबाट यस्ता अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिता जनाउने पहिलो विद्यालय बन्न सफल भएको छ।धनगढी उप–महानगरपालिका–०४ मा अवस्थित ग्ली एकेडेमी स्कुलका विद्यार्थीहरूले कविता वाचन, केस स्टडी, प्रजेन्टेसन, पब्लिक स्पिकिङ, वाद–विवाद र नृत्यजस्ता प्रतिस्पर्धात्मक विधाहरूमा उत्कृष्ट प्रदर्शन गर्दै पाँच विधामा विजेता ट्रफी प्राप्त गरे। साथै, समग्र उत्कृष्ट प्रदर्शनका आधारमा थप दुई विधागत ट्रफी समेत जित्दै विद्यालयले कुल ७ ट्रफीसहित गौरवपूर्ण सफलता हाँसिल गरेको हो।


विद्यालयबाट सहभागी विद्यार्थीहरूमा सार्थक श्रेष्ठ, शिखा चौधरी, जिवितेस साउँद र सचित्र पनेरु रहेका थिए। उनीहरूलाई शैक्षिक प्रतिनिधित्वका रूपमा विद्यालयकी प्रिन्सिपल शान्ति भट्ट र भाइस– प्रिन्सिपल तारा भट्टले नेतृत्व गरेका थिए। प्रिन्सिपल शान्ति भट्टका अनुसार, अन्तर्राष्ट्रिय स्तरको यस सम्मेलनमा सहभागी भएर विद्यार्थीहरूले आफ्नो आत्मविश्वास, प्रस्तुति क्षमता र नेतृत्व गुणलाई निखार्ने अवसर पाए। “अब हाम्रा विद्यार्थीहरू कुनै पनि राष्ट्रिय वा अन्तर्राष्ट्रिय कार्यक्रममा सहज रूपमा सहभागी भई उत्कृष्ट प्रदर्शन गर्न सक्षम भएका छन्,” उनले भनिन्।

उनले यो सफलता विद्यालय मात्र नभई सम्पूर्ण सुदूरपश्चिम प्रदेशकै गौरवपूर्ण उपलब्धि भएको बताइन्। “विद्यार्थी, शिक्षक, अभिभावक र सम्पूर्ण सुदूरपश्चिमवासीका लागि यो प्रेरणादायी सफलता हो,” भट्टले थपिन्। यस सफलताले ग्ली एकेडेमीलाई गुणस्तरीय शिक्षा र बहुआयामिक प्रतिभा विकासको उत्कृष्ट नमूना विद्यालयको रूपमा चिनाउन थप सहयोग पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply