फाल्गुन ०८,धनगढी : पूर्वपधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भारत भ्रमण अन्तिम समयमा रद्द भएको छ। महाकुम्भ मेलाको अवसर पारेर भारत जाने योजना भए पनि उच्चस्तरीय राजनीतिक भेटघाट नहुने भएपछि भ्रमण स्थगित गरिएको हो ।
देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस.जयशंकरसँग भेटवार्ता गर्न कूटनीतिक पहल गरे पनि सम्भव नभएपछि भ्रमण रद्द गरिएको जनाइएको छ ।
इन्डिया फाउन्डेसनले आयोजना गर्ने ‘कुम्भ ग्लोबल समिट’ कार्यक्रममा उनी वक्ताका रूपमा आमन्त्रित भए पनि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग मात्रै भेट हुने भएपछि भ्रमण स्थगित गरिएको हो ।