You are currently viewing अब रातको समयमा गोदावरीमा पनि झिलिमिली,नगरप्रमुख भट्टले गरे सडक बत्तीको उद्घाटन
Photo : Sudurkhabar

अब रातको समयमा गोदावरीमा पनि झिलिमिली,नगरप्रमुख भट्टले गरे सडक बत्तीको उद्घाटन

कार्तिक ९ ,धनगढी : कैलालीको गोदावरी नगरपालिका वडा न। ५ को गेटा आँखा अस्पताल सँगै जोडिएको सडकखण्डमा सडकबत्ती बले सँगै झिलिमिली बनेको छ । शुक्रबार गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले सडक बत्तीको मेन स्वीच बक्स अन गरी स्मार्ट सडक बत्ती संचालनमा आएको हो ।

एसियाली विकास बैङ्कको सहयोग तथा शहरी विकास कार्यालय धनगढीको सहकार्यमा करिब ५० वटा सडक बत्ती संचालनमा आएका छन । यस क्षेत्रमा रातको समयमा हुने आवतजावतमा सहजता ल्याउन, अँध्यारोमा घट्नसक्ने अप्रीय घटना न्यूनीकरण गर्न र रात्रिकालीन उद्योग तथा व्यापार व्यवसायहरूलाई प्रवर्द्धन गर्न तथा यस क्षेत्रको सौन्दर्य अभिवृद्धि गर्न स्मार्ट सडक बत्ती अपरिहार्य रहेको नगर प्रमुख भट्टले बताएका छन । अत्तरिया -धनगढी सडक खण्डको गेटा आँखा अस्पताल सँगै जोडिएको सडक खण्ड अन्तरगत बाक्लो बस्ती र जनघनत्वलाई मध्यनजर गर्दै आगामी दिनमा आवश्यकता र जनताको माग अनुसार पालिकाले सक्ने जति ठाउँमा सडक बत्ती जडान गर्ने जानकारी गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले बताएका छन ।

Photo : Sudurkbabar

गोदावरी नगरपालिकाले मानविय आवश्यकतालाई मध्यनजर गर्दै क्रमिक रुपमा विद्युतिय क्रियाकलाप गरेको छ । अत्तरिया धनगढी ६ लेन सडक खण्डमा किन बत्ती बिस्तारमा ढिलाई भयो भन्ने प्रश्नमा नगर प्रमुख भट्टले भने,” हामीले पाचौं पटकको टेन्डर भएर अहिले ठेक्का समेत भएको र तिहाल लगत्तै काम संचालनमा आउने समेत बताएका छन ।

वडाध्यक्ष सुद्धिराम चौधरीले एडिबिको परियोजनाबाट जनताको माग बमोजिम विजुली बाल्न पाईएको बताए । उनले दिपावली भन्दा अगावै विजुली बाल्ने लक्ष्य पुरा भएको बताए । उनले एडिबीले विजुली बालिसकेपछि नगर र वडाले विजुली बत्तिहरुको सुरक्षाको जिम्मेवारी लिने बताए । ‘आँखा अस्पताल, गेटा अस्पतालको मुख्य सडक र अत्तरियालाई जोड्ने सडक नै यही हो, त्यसैले यहाँ विजुली आवश्यक थियो’ उनले भने ‘त्यसबाहेक नजिकै विद्यालय पनि रहेकोछ भने स्थानियहरुले बढी आवतजावत गर्ने बाटो नै यही हो ।’ स्थानिय गणेश सिँह ढाटले लाईट बलेपछि खुसी व्यक्त गरे । उनले गाउँमा विकास भएको अनुभुती भएको बताए । उनले अब उक्त बाटोबाट रातीको समयमा आवतजावत गर्न सहज हुने बताए ।

स्थानिय लाल बहादुर चौधरीले बत्ति बल्दा एकदमै खुसी भएको बताए । उनले अब सो सडक भएर आवत जावत गर्ने यात्रुहरुलाई सहज हुने बताए । उनले खम्बा हालेर बत्ति बनाएको भएपनि कहिले बल्छ भन्ने चिन्ता लागेकोमा अब भने सो चिन्ता पनि हटेको बताए । ‘यसअघि अध्यारोमा हिड्थ्यौँ, अब उज्यालोमा हिड्न पाएका छौ, हामीलाई यही राम्रो लागेको छ’ उनले भने । उनले स्थानियहरुको पिडालाई महसुस गरेर काम गरिदिएको भन्दै नगरपालिकाप्रति धन्यवाद ज्ञापन गरे ।

स्थानिय मिना चौधरीले बिजुली बलेपछि सुविधा भएको बताईन । उनले अध्यारोमा हिड्न डर लाग्ने गरेकामा अब बत्ति बलेकाले सहज भएको बताईन । अर्का स्थानिय दिल बहादुर महराले एकदमै दुर्गम बस्तीका रुपमा रहेको गेटाले विकासको रुप पाईरहेको बताए । उनले आफु विगत १५ वर्षदेखी सो क्षेत्रमा बस्दै आइरहेको बताउदै पुरानो र अहिलेमा धेरै फरक भएको बताए । ‘एकदमै दुर्गम बस्ती थियो, त्यसपछि बाटो बन्यो र अहिले बिजुली पनि बलेको छ’ उनले भने ‘अहिले आवत जावत गर्नलाई धेरै सहज भएको छ, यस्ता कार्यहरु आवश्यकता भएका अन्य स्थानहरुमा पनि गरिदिन अनुरोध छ ।’

 

 

Leave a Reply