You are currently viewing अब रोयल च्यालेन्जर्स बेङ्लुरुको कप्तान रजत पाटिदार /@IPL /@RoyalChallengerBangluru /@RajtaPatidar

अब रोयल च्यालेन्जर्स बेङ्लुरुको कप्तान रजत पाटिदार /@IPL /@RoyalChallengerBangluru /@RajtaPatidar

फाल्गुन,०२,धनगढी : आगामी सिजनको इन्डियन प्रिमियर लिग ( आइपिएल ) लागि रोयल च्यालेन्जर्स बेङ्लुरुले रजत पाटिदारलाई कप्तान बनाएको छ। उनी टोलीको आठौं कप्तान हुन् । बेङ्लरुले गत सिजन कप्तानी गरेका फाफ डु प्लेसिसलाई रिलिज गरेको थियो । रजतलाई बेङ्लुरुले २०२५ को सिजनका लागि ११ करोड भारतीय रुपैयाँमा रिटेन गरेको थियो ।

रजतले बेङ्लुरुका लागि २७ खेलमा ७९९ रन बनाएका छन् । उनले सन् २०२१ मा बेङ्लुरुबाटै आइपिएलमा डेब्यू गरेका थिए ।उनले भारतका लागि एक एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका छन् । रजतको कप्तानीमामध्य प्रदेशले शैयद मुस्ताक अली ट्रफीको फाइनल खेलेको थियो ।

तिलकरत्ने दिल्सान,क्रिस गेल,एबि डेभिलर्स,विराट कोहली,ग्लेन म्यास्वेल जस्ता विश्वकै चर्तित खेलाडीहरुले बेङ्लुरुबाट खेलेपनि उस्ले हालसम्म आइपिएलको उपाधि भने जितेको छैन ।

Leave a Reply