माघ २०,धनगढी : पाँचौं तथा अन्तिम टि२० आइमा भारतले इंल्याण्ड विरुद्ध २४८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै २४७ रन बनाएको हो ।
भारतका लागि ओपनर अभिषेक शर्माले उत्कृष्ट शतक प्रहार गरेका छन । आक्रामक ब्याटिङ गरेका शर्माले ५४ बलमा १३ छक्का र ७ चौकाको मद्दतले १३५ रन बनाए । भारतका लागि ओपनर सञ्जु स्यामसङले १६ रनको पारी खेले भने तिलक बर्मा २४,कप्तान सूर्य कुमार यादव २ तथा शिवम दुबेले ३० रन बनाएर पवेलियन फर्किए । इंल्याण्डका लागि ब्राइडन कार्सले ३ तथा मार्क वुडले २ विकेट लिए । ५ टि२० आइ सिरिजमा भारतले ३-१ ले यो सिरिज जितिसकेको छ ।
