You are currently viewing अमिरको रिटमा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार / NPL vs Amir Akhtar

अमिरको रिटमा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार / NPL vs Amir Akhtar

कार्तिक २५,धनगढी : नेपाल क्रिककेट संघ क्यानले पहिलो पटक आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग यही मंसिर १६ देखि काठमाण्डौंमा सुरु हुँदैछ । टिम मालिकहरु जोरतोरका साथ आफ्नो टिम विज्ञापनमा लागेका छन,ठूल्ठूला विदेशी खेलाडीहरुको घोषणाले क्रिकेट प्रशंसकहरु उत्साहित छन तर यहि बिचमा नेपाल प्रिमियर लिगको नाम आफ्नो स्वामित्वमा रहेको भन्दै अमिर क्यान विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । तर आइतबार आफूले आयोजना गर्दै आएको नामको प्रयोग गरेर नेपाल क्रिकेट संघ (क्यान)ले प्रतियोगिता आयोजना गर्न लागेको भन्दै सर्वोच्च अदालत पुगेका आमिर अख्तर भने निराश बनेका छन् । उनको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीश हरि फुँयालको एकल इजलासले कारण देखाउ आदेशमात्र जारी गरेको छ । यसअघि आमिरले अल्टिमेटम दिएर क्यानलाई सहमति गर्न नत्र कानूनी उपचार खोज्ने चेतावनी दिँदै आएका थिए, तर क्यानले अटेर गरेपछि उनी सर्वोच्च पुगेका थिए । आमिरले यसअघि नेपाल प्रिमियर लिग (एनपीएल) आयोजना गरेका थिए, तर उक्त नामको प्रतियोगिता क्यानले मात्र आयोजना गर्नसक्ने भन्दै विरोध भएपछि उनले प्रतियोगिताको नाम फेरेर एभरेस्ट प्रिमियर लिग राखेका थिए ।नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेकाले उक्त नाममा अरु कसैले प्रतियोगिता आयोजना गर्न नसक्ने दाबी आमिरको छ । सर्वोच्चले अन्तरिम आदेश नदिएपछि अब क्यानलाई थप सहज भएको छ ।

Leave a Reply