You are currently viewing अमेरिकासँग टस हारेर पहिला ब्याटिङ गर्दे नेपाल
Photo : CAN

अमेरिकासँग टस हारेर पहिला ब्याटिङ गर्दे नेपाल

कार्तिक २ धनगढी: अमेरिका विरुद्ध टस हारेर नेपाल ब्याटिङ गरिरहेको छ । अमेरिकाको डालसमा घरेलु टोलीका कप्तान मोनांक पटेलले टस जितेर बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्न लागेको हो । नेपालले अमेरिकासँग ३ खेलको टि ट्वान्टी आई सिरिज खेलेपछि लिग टु अन्तर्गतको ओडिआई सिरिज खेल्नेछ । विश्वकप लिग टु मा नेपालले अमेरीका विरुद्ध खेलेभनि टि २० मा भने दुबै टोली पहिलोपटक आमुन्ने सामुन्ने भएका हुन ।

Photo : CAN

 

त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालसँगै अमेरिका र स्कटल्यान्ड सहभागी रहने छन् । क्यानडामा भएको लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिज र त्यसपछि भएको टि ट्वान्टी आई सिरिजको खराब प्रदर्शनलाई सुधार गर्दै अमेरिका भ्रमणको सुखद सुरुवातको लक्ष्यमा नेपाली टोली रहेको छ ।अमेरिका पनि पछिल्लो टि ट्वान्टी विश्वकप यताको उत्कृष्ट लयलाई निरन्तरता दिन चाहन्छ । घरेलु भुमीमा भएको विश्वकपमा पाकिस्तानलाई पराजित गरि सुपर ८ मा स्थान बनाएको अमेरिकाको त्यसपछिको खेलमा धेरै परिवर्तन आएको छ । अमेरिकाले खेलेको पछिल्लो पाँच टि ट्वान्टीमा ३ मा जित र २ मा हार बेहोरेको छ ।

Leave a Reply