You are currently viewing अमेरिकासँग नेपालको लगातार दोश्रो हार,अमेरिका भने शिर्ष स्थानमा उक्लियो / USA vs NEPAL
Photo : CAN

अमेरिकासँग नेपालको लगातार दोश्रो हार,अमेरिका भने शिर्ष स्थानमा उक्लियो / USA vs NEPAL

कार्तिक १८,धनगढी : विश्वकप लिग -२ त्रिकोणात्मक सिरिजमा नेपाल अमेरिकासँग लगातार दोश्रो पटक पराजित भएको छ । पहिलो खेलमा ३ विकेट पराजित भएको नेपाल भर्खरै सम्पन्न दोश्रो खेलमा पनि ३७ रनले पराजित भएको छ । अमेरिकाले दिएको २८२ रनको लक्ष्य पूरा गर्न ब्याटिङका लागि उत्रिएको नेपाल ४९.५ ओभरमा २४४ रनमै अल आउट भयो । ओपनर अनिल साहले ८० बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ५२ रन जोडे ।

नेपालले ओपनर आसिफ शेखलाई ६ रनमा गुमाएको थियो । जसदीप सिंहको स्वींग बलमा उनी बोल्ड भए । दोस्रो विकेटलाई अनिल र कुशल भुर्तेलले ७१ रनको साझेदारी गरेपनि त्यसपछि नेपालले खुलेर खेल्न सकेन । कुशल भुर्तेल २९ रन ,कुशल मल्ल ५४ बलमा १ चौका र १ छक्कासहित ३३, कप्तान रोहित पौडेल १, गुल्सन झा १२ र आरिफ शेख २१ रनमा क्याच आउट भए । नेपालका लागि सोमपाल कामीले २७ बलमा ४ चौका र २ छक्कासहित ४६ तथा दीपेन्द्रसिंह ऐरीले ३८ बलमा १ चौका र १ छक्कासहित ३१ रन बनाए । नेपाललाई अन्तिम १२ बलमा जितका लागि ४० रन आवश्यक थियो क्रिजमा सेट ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरी र करन केसी थिए विपक्षी बलर साड्ली भान शाक्लीले कसिलो बलिङ गर्दा ऐरीले ६ बलमा कुनै रन बनाउन सकेनन । खेलको अन्तिम ओभर बलिङ गरेका सौरभ नेत्रवालकरको बलमा पनि दिपेन्द्र निरिह बने ।

Photo : CAN

अमेरिकाका सौरभ नेत्रवालकरले ९.५ ओभरमा १ मेडनसहित ४७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । नोष्थुश केंजिगे र साड्ली भान शाक्ली २/२ तथा जसदीप सिंह र हरमीत सिंहले १/१ विकेट लिए । त्यसअघि ग्राण्ड पेरी क्रिकेट रंगशाला डालसमा टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८१ रन बनाएको थियो ।

अमेरिकाका  साइतेजा मकामल्लाले ८७ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ७५ रनको योगदान दिए । कप्तान मोनांक पटेलले ८१ बलमा ५ चौका र १ छक्कासहित ६७ रन जोडे । ओपनर शयान जहानजिगर १०,आरोन जोन्स २६,हरमीत सिंहले ५९ रनको आक्रामक इनिङ खेले । नेपालका गुल्शन झाले १० ओभरमा ८७ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले समान २ तथा कुशल भुर्तेलले १ विकेट लिए ।

त्रिकोणात्मक सिरिज अन्तर्गत अमेरिका भ्रमणको अन्तिम खेल नेपालले सोमबार स्कटल्यान्डसँग खेल्नेछ । नेपालले दोस्रो खेलमा स्कटल्यान्डलाई ५ विकेटले पराजित गरेको थियो । नेपालले लिग -२ मा ११ खेलमा २ मा जित र ८ मा हारसहित ५ अंकका साथ सातौं स्थानमा छ । अमेरिका १२ खेलमा ८ मा जित ४ मा हारसहित १६ अंकका साथ शीर्षस्थानमा छ । क्यानडाको १२ खेलमा १६ अंक नै रहेपनि नेटरनरेटका कारण दोस्रो स्थानमा छ ।

Leave a Reply