You are currently viewing अमेरिका छाडेर नेपालमै शैक्षिक क्रान्ती,१५० जनालाई रोजगारी दिइरहेकी अनिता पन्त /@AnitaPant /@AxisVidyashram

अमेरिका छाडेर नेपालमै शैक्षिक क्रान्ती,१५० जनालाई रोजगारी दिइरहेकी अनिता पन्त /@AnitaPant /@AxisVidyashram

वैशाख १५,धनगढी : यी हँसिलो चेहरा भएकी व्यक्ती धनगढी उपमहानगरपालिका वडा न.५ हसनपुरमा रहेको एक्सिस विद्याश्रकी संस्थापक प्राचार्य अनिता पन्त हुन । उमेरले ५ दशकको यात्रामा रहेकी अनितामा काम गर्ने स्फूर्ती,जोश,संस्थालाई दिने समयमा कुनै कमि आएको छैन । बिहान ५ बजे उठ्नु,त्यसपछि एक घण्टा नियमित व्यायाम र नित्यक्रम पश्च्यातको चियानास्तापछि ८ बजे विद्यालयको प्स टु ब्लक तारानगरमा पुगिसक्छिन अनिता । केहि घण्टा त्यताको रेखदेख र प्रशासननीक काम सकेर खाना खाइसकेपछि पुनःहसनपुर ब्लकमा आइपुग्छन त्यहाँ प्रया दिनभर नै बित्छ ।

प्लस टु ब्लकमा व्यस्त प्रचार्य अनिता पन्त

अभिभावकहरुसँगको भेटघाट,शिक्षकहरुसँगको छलफल,दिनहुँ कक्षा अवलोकन,विद्यालयको थप योजना बारे सोच्दा सोच्दै बेलुकी घर फर्किन्छन उनी । त्यसपछि घरपरिवार आफ्नो पढाइलाई बेलुकीको समय दिने गरेको अनिता बताउँछिन ।

समर्पण मिडियाका सम्पादक डिल्लीराज ओझासँग अन्तरवार्ताका क्रममा प्राचार्य अनिता पन्त

२०६२ सालमा श्रीमान हरिहर पन्तले उच्च शिक्षा हाँसिलका लागि अमेरीकामा छात्रवृतिमा नाम निकालेपछि अनिता दुईजना साना साना छोराछोरी सहित श्रीमानसँगै अमेरीका उडिन । विश्वका हरेक नागरीकका लागि अमेरीका सपनाको देश जस्तै लाग्छ,एकपटक जाने पर्यत्न धेरैले गर्छन तर कोही पुग्न सक्छन त कोहि सक्दैनन पनि । दुइटा विषयमा मास्र्टस सकेर अमेरीका उडेकी अनितालाई त्यहाँ राम्रै जागिर पनि मिल्थो होला तर दुईवर्ष त्यता बसेपछि उनको मन एकाएक नेपालतिरै मोडियो ।

आर्थिक हिसाबले सम्पन्न परिवारमा हुर्किनु र माइतीमा पनि बुवाबाजेहरुको राम्रो मान सम्मान,समाजले आफ्नो परिवारलाई गर्ने श्रदाले उनलाई बारम्बार झस्काइरह्यो किनकी उच्चाकोटका पन्तहरुको परिवार लामो समयदेखि नै शैक्षिक क्षेत्रमा आबद्ध थियो । अनिताका बुवा स्व.देवकान्त पन्त पश्चिम नेपालकै मुर्धन्य साहित्यकार र बौद्धिक व्यक्तिको रुपमा सुपरिचित थिए । आधुनिकताले विकासको चरम बिन्दुमा पुगेको अमेरीकामा बस्नुभन्दा स्वदेश फर्किने र सम्मानका साथ आफ्नै देशमा केहि न केहि गर्ने अठोट गर्दै श्रीमान हरिहर पन्तसँग सल्लाह गरेर २०६५ सालमा नेपाल फर्किन अनिता र शुरु भयो एक्सिस विद्याश्रमको यात्रा ।

विश्वकै सम्पन्न मुलुक अमेरीका छोडेर नेपाल आएपछि निजी विद्यालय सञ्चानल गर्न लागेको सुनेर धेरैले यो के गरेको ? अरु काम केहि छैन ? किन निजी विद्यालय नै चलाउनुप¥यो भन्दै खिसिट्यौरी गरेको अनिता अहिले पनि झल्झली सम्झिन्छन । तर उनीहरुलाई के थाहा की एक्सिस यो उचाइमा पुग्ला भन्ने । अहिले अनिताको व्यस्तता चुलिएको छ । उनी दिनमा १० देखि १२ घण्टा दैनिक विद्यालयलाई दिन्छन । एक्सिस विद्याश्रममा अहिले प्ले ग्रुपदेखि कक्षा १२ सम्म २८०० भन्दा बढी विद्यार्थी पढ्ने गरेका छन । १५० जना कर्मचारी प्रत्यक्ष रुपमा कार्यरत छन ।

धनगढी क्षेत्रमा कक्षा प्ले ग्रुपदेखि १२ सम्म महिलाले नेतृत्व गरेको स्कुल एक्सिस विद्याश्रम मात्रै हो । प्लस टु तिर पनि एक्सिसले छोटो समयमै फड्को मारेको छ । १८ जना विद्यार्थीबाट कक्षा ११ मा अध्ययन सुरु गरेको एक्सिसमा अहिले करिबन ७०० विद्यार्थी अध्ययनरत रहेको र नतिजा पनि उत्कृष्ट नै आइरहेको प्लस टु संयोजक घन्श्याम मलासीले बताए । एक्सिसमा कानुन,विज्ञान र व्यवस्थापन संकाय लोकप्रयि छ ।

कर्मचारीहरुसँग प्राचार्य अनिता पन्त
कर्मचारीहरुसँग प्राचार्य अनिता पन्त

उनले विद्यालयको जिम्मेवारी सबैलाई बाँडफाँड गरेका कारण आफूलाई कार्य सम्पादनमा सहयोग पुगेको बताइन । विद्यालयमा विषयगत शिक्षकहरु पनि अत्यन्तै अनुभवी छन । अधिकांश स्नातकोत्तर पास गरेका र दुई दशकभन्दा बढी शिक्षण अनुभव भएका शिक्षकहरु कार्यरत छन । अनिता भन्छन म एक नेतृत्वकर्ता हुँ तर सबै सर म्यामले आ आफ्नो जिम्मेवारी कुशलतापूर्वक निभाउनुहुन्छ र पो विद्यालय यो अवस्थासम्म आइपुगेको छ ।

धनगढीका अधिकांश अभिभावकले रुचाएको एक्सिस विद्याश्रममा नयाँ शैक्षिक सत्रको बेला भर्ना हुनेहरुको अत्याधिक चापले गर्दा भर्ना नै रोक्नुपर्ने अवस्था आउने गरेको प्राचार्य अनिता पन्त बताउँछन । अघिल्लो शैक्षिक सत्रमा धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको आधारभुत तहको वार्षिक परीक्षामा एक्सिसकै बबिता भुलले उपमहानगरपालिका टप गरिन ।

उपमहानगरपालिकाले उनलाई स्थापना दिवसका दिन नगद सहित सम्मान पनि गरेको थियो । राम्रो व्यवस्थापन र उत्कृष्ट नतिजाका कारण एक्सिसले ब्रिटिस काउन्सिलद्वारा प्रदान गरिने इन्टरनेस्नल स्कुलको अवार्ड समेत जितेको छ । विद्यालयमा सुविधा सम्पन्न विज्ञान प्रयोगशाला,पुस्तकालय पनि छ । त्यस्तै विद्यार्थी ओहोरदोरका लागि साना ठूला गरी दुई दर्जन बढी गाडी रहेका छन । अनिताका श्रीमान हरिहर पन्त पेशाले मेकानिकल ईन्जिनियर हुन तर पनि विद्यालय सञ्चालनमा श्रीमानले ठूला साथ र ढाडस दिने गरेको उनी बताउँछिन ।

श्रीमान हरिहर पन्तका साथमा प्राचार्य अनिता पन्त
श्रीमान हरिहर पन्तका साथमा प्राचार्य अनिता पन्त
श्रीमान हरिहर पन्तका साथमा प्राचार्य अनिता पन्त

विशेष गरी घरपरिवार तथा दाजुभाईहरुबाट धेरै हौसला मिल्ने गरेकै कारण आफूलाई अगाडी बढ्न सजिलो भएको उनको भनाई छ । भाइहरु पनि सबैजना आ आफ्नो इलममा व्यस्त छन ।

दिदी र दाजुभाइका साथमा प्राचार्य अनिता पन्त

हक्की स्वभावकी अनिता आफूलाई मन नपरेको कुरा सिधैं भनिहाल्ने गर्छन । उनी भन्छन म आफू जे काम गर्छु डुबेर गर्छु आफूलाई कामचोर व्यक्ती मन पर्दैन त्यसैले पनि कहिलेकाँही कोहि रिसाउँछन पनि तर पछि फेरी सम्झिनुहुन्छ । अनिताको पढाइमा अहिले पनि उत्तिकै रुचि रहेको बताउँछन । काठमाण्डौंको त्रिचन्द्र कलेजबाट समाजशास्त्र र ग्रामिण विकास गरी दुई विषयमा मास्र्टस गरेकी उनी अहिले पि.एच.डी.को थेसिसमा व्यस्त छन । उनी भारतको राजिस्थानबाट पि.एच.डी.गर्दैछन । यो बिचमा अनिताले आफूमा थप निखारता ल्याउन एल.एल.बी समेत पास गरेकी छन भने एक वर्षे बिएड पनि गरेकी छन ।

उनी सिक्ने कुरा ज्ञान लिने कुरामा जुनसुकै काम होस् आफू कहिल्यै पछि नपरेको बताउँछिन । अनिता ड्राभिङमा पनि पोख्त छन धनगढी आसपास जाँदा उनी आफै गाडी चलाउने गर्छन । शैक्षिकसँगै अनिता सामाजिक क्षेत्रमा पनि सकृय भएर काम गर्ने गर्छन । उनी लामो समय लायन्स क्लब अफ धनगढी स्वीकृती समूह हुँदै रोट्याक्ट क्लब अफ धनगढीमा पनि आबद्ध भएर काम गरिन ।

उनले विद्यालयमा विद्यार्थीहरुलाई पनि सामाजिक क्षेत्रमा आबद्धताका लागि प्रोत्साहन गर्ने गरेकी छन । विद्यालयमा एक्सिस इको क्लब गठन गरेर विद्यार्थीहरुले सरसफाई र तथा सामाजिक क्रियाकलापमा पनि सहभागिता जनाउने गरेका छन ।

तत्कालिन नगरप्रमुख नृप बहादुर वडलाई सफा धनगढी अभियान अन्तर्गत रोट्याक्ट क्लब अफ धनगढीसँगको साझेदारीमा डष्टबिन हस्तान्तरण गर्दै एक्सिस विद्याश्रम परिवार
तत्कालिन नगरप्रमुख नृप बहादुर वडलाई सफा धनगढी अभियान अन्तर्गत रोट्याक्ट क्लब अफ धनगढीसँगको साझेदारीमा डष्टबिन हस्तान्तरण गर्दै एक्सिस विद्याश्रम परिवार
तत्कालिन नगरप्रमुख नृप बहादुर वडलाई सफा धनगढी अभियान अन्तर्गत रोट्याक्ट क्लब अफ धनगढीसँगको साझेदारीमा डष्टबिन हस्तान्तरण गर्दै एक्सिस विद्याश्रम परिवार

पछिल्लो समय अनिता पन्तले स्वास्थ्य क्षेत्रमा पनि हात हालेकी छिन । उनले धनगढीमै सुविधा सम्पन्न नोभा अस्पताल सञ्चालनमा ल्याएकी हुन । विद्यालयबाट समय निकालेर अनिताले केहि समय अस्पताललाई पनि दिने गरेकी छन । आधुनिक मेसिनबाट उपचार अनि विशेषज्ञ चिकित्कीय सेवाका कारण नोभा अस्पताल धनगढीमा लोकप्रीय रहेको छ । फूलबारीमा अत्यन्तै रुचि राख्ने अनिताले घरमा सुन्दुर फूरबारी समेत तयार गरेकी छिन ।

प्राचार्य अनिता पन्तको घर हसनपुरमा फुलेका आकर्षक फूलहरु
प्राचार्य अनिता पन्तको घर हसनपुरमा फुलेका आकर्षक फूलहरु

विद्यालयबाट समय बच्ने बित्तिक्कै उनी फूलबारीमा समय दिइहाल्छन । नितेश र सिद्धी गरी दुई सन्तानकी आमा अनिता विद्यालयको व्यस्त दैनिकीका कारण छोराछोरी र घरपरिवारलाई पर्याप्त मात्रामा समय दिन नपाएकोमा भने केहि दुःखी छन तर पछिल्लो समय स्वास्थ्य,सामाजिक,शैक्षिक,व्यवसायिक तथा राजनितिक रुपमा समेत तिब्र गतिमा विकसित भैरहेको धनगढीमा अत्यन्तै व्यस्त दैनिकी व्यतित गर्न पाउँदा आफ्ना दुःख,कष्ट र थकान दुर हुने गरेको अनिता बताउँछिन ।

माइतीघर डोटीको उच्चाकोटमा दाजुभाइहरुसँग प्राचार्य अनिता पन्त
माइतीघर डोटीको उच्चाकोटमा दाजुभाइहरुसँग प्राचार्य अनिता पन्त

समय व्यवस्थापनमा अति नै ख्याल गर्ने उनी निमन्त्रणा आएका ठाउँमा सकभर पुग्ने प्रयास गर्छन । उमेरले पाँच दशक चुम्न लागेकी अनिताको स्वस्थ र सकृय जिवन हजारौंका लागि प्रेरणादायी बनेको छ ।

प्रस्तुती : डिल्लीराज ओझा ( समर्पण मिडियाका सम्पादक ओझा करिबन एक दशकदेखि धनगढीमा सकृय पत्रकारिता गरिरहेका छन । उनी साहित्य,समसामयिक र खेलकुद बिटमा कलम चलाउँछन ।) 

प्राचार्य अनिता पन्तसँगको भिडियो अन्तरवार्ता यता हेरौं

Leave a Reply