You are currently viewing अमेरिका विरुद्ध कुशल भुर्तेलको आक्रामक अर्धशतक

अमेरिका विरुद्ध कुशल भुर्तेलको आक्रामक अर्धशतक

कार्तिक ४,धनगढी: अमेरिका विरुद्ध नेपालका कुशल भुर्तेलले अर्धशतक हिकाएका छन । उनले दोश्रो टि-२० आइममा ३३ बलमा अर्धशतक हिर्काएका हुन । तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका भुर्तेल आक्रामक क्रिकेट खेलिरहेका छन । उनले ३३ बलमा ४ चौका र ३ छक्काको मद्दतले अर्धशतक हिर्काए । अहिले भुर्तेले ४० बलमा ६६ रन बनाएर खेलिरहेका छन । उनलाई कप्तान रोहित पौडेलले साथ दिइरहेका छन । कप्तान पौडेल ११ बलमा १६ रन बनाएर खेलिरहेका छन । नेपालका लागि ओपनर अनिल शाह २५,आशिफ शेख १ र गुल्शन झाले १९ रनको पारी खेले ।

Photo : CAN

एक दिवसियमा नेपाल र अमेरीका थुप्रैपटक आमुन्ने सामुन्ने भएपनि टि२० आइमा भने यो पहिलो सिरिज हो । ३ खेलको टि २० सिरिजको तेश्रो तथा अन्तिम खेल कार्तिक ५ गते हुनेछ । यो सिरज पछि नेपालले अमेरीकामै विश्व क्रिकेट डिभिजन लिन अन्तर्गत तेश्रो चरणमा स्कटल्याण्ड र अमेरीका विरुद्ध खेल्नेछ ।

Leave a Reply