असोज २९,धनगढी: नेपाली राष्ट्रिय क्रिकेट टिम यतिबेला अमेरीकामा रहेको छ । विश्वकप डिभिजन २ अन्तरर्गत तेश्रो चरणमा सहभागी हुन नेपाल अमेरीकामा गएको हो । भारतको बेङ्लोरमा उच्चस्तरको अभ्यास पश्चात टोली उतैबाट विश्वकप डिभिजन २ अन्तरर्गत दोश्रो चरणमा सहभागी हुन क्यानडा प्रस्थान गरेको थियो । क्यानडामा ओमान र क्यानडासँग ४ खेल खेलेको नेपाल ३ खेलमा पराजित भएको नेपाल १ खेल वर्षाका कारण रद्द हुँदा केबल एक पोइन्ट मात्र जोड्न सक्यो । अहिलेसम्म नेपालले जम्मा ८ खेल खेल्दा केबल तीन पोइन्ट जोड्दै अंक तालिकाको सातौं स्थानमा रहेको छ ।
विश्वकप डिभिजन २ अन्तरर्गत पहिलो चरणमा टियु क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले नामिबिया र नेदरल्याण्ड विरुद्ध खेलेको थियो । त्यहाँ नेदरल्याण्डसँग एक खेल जितेको नेपाल नामिबियासँग २ र नेदरल्याण्डसँग १ खेलमा पराजित हुँदै केबल २ अंक जोडेको थियो । नेपाल सहभागी भएको विश्वकप डिभिजन २ अन्तरर्गत तेश्रो चरणलाई विशेष महत्वका साथ हेरिएको छ । अमेरीकामा नेपालले पछिल्लो समय बलियो ठानिएका दुई टोली स्कटल्याण्ड र घरेलु टोली अमेरीका विरुद्ध खेल्दैछ । यसै साता अमेरीकामा नेपाल र अमेरीका बीच ३ टि२० खेलको सिरिज हुँदैछ । । विश्वकप डिभिजन २ मा १२ खेल खेलेको क्यानडा ८ मा जित र ४ मा हार सहित १६ अंकका साथ अंक तालिकाको शिर्ष स्थानमा छ । त्यस्तै अमेरीका र नेदरल्याण्ड्स समान १२ १२ अंकका साथ दोश्रो र तेश्रो ,स्कटल्याण्ड १० अंकका साथ चौथो,नामिबिया ९ अंकका साथ पाँचौं,ओमान ६ अंकका साथ छैटौं,नेपाल ३ अंकका साथ सातौं र युएई २ अंकका पुछारमा रहेको छ ।