कार्तिक २, धनगढी : अमेरीका विरुद्धको पहिलो टि२० आइमा नेपालले राम्रो शुरुवात गरेको छ । टस हारेर पहिला याटिङ गरिरहेको नेपाल सम्हालिएर खेलिरहेको छ । पावरप्लेको खेल सकिदा नेपालले १ विकेटको क्षतिमा ५० रन बनाएको छ । नेपालका लागि आक्रामक ब्याटिङ गरिरहेका अनिल शाह २७ रन बनाएर आउट भएका छन । उनले १८ बलको सामना गर्दा २ चौका र १ छक्काको मद्दतले २७ रन बनाए । त्यस्तै अर्का ओपनर आसिm शेख २४ बलमा २५ रन बनाएर खेलिरहेका छन । तेश्रो नम्बरमा आएका कुशल भुर्तेल ८ बलमा ५ रन बनाएर खेलिरहेका छन ।
नेपालले अमेरिकासँग ३ खेलको टि ट्वान्टी आई सिरिज खेलेपछि लिग टु अन्तर्गतको ओडिआई सिरिज खेल्नेछ । विश्वकप लिग टु मा नेपालले अमेरीका विरुद्ध खेलेभनि टि २० मा भने दुबै टोली पहिलोपटक आमुन्ने सामुन्ने भएका हुन । त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालसँगै अमेरिका र स्कटल्यान्ड सहभागी रहने छन् । क्यानडामा भएको लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिज र त्यसपछि भएको टि ट्वान्टी आई सिरिजको खराब प्रदर्शनलाई सुधार गर्दै अमेरिका भ्रमणको सुखद सुरुवातको लक्ष्यमा नेपाली टोली रहेको छ ।