You are currently viewing अर्को आदेश नभएसम्म कैलालीका विभन्न स्थानमा निषेधाज्ञा जारी

अर्को आदेश नभएसम्म कैलालीका विभन्न स्थानमा निषेधाज्ञा जारी

२८भाद्र,धनगढीः कैलाली जिल्ला प्रशासन कार्यालयले जिल्लाको शान्ति–सुरक्षा, कानून–व्यवस्था र नागरिकको दैनिक जीवनलाई असर पुर्‍याउने अवस्थालाई मध्यनजर गर्दै अर्को सुचना नआएसम्म विशेष सुरक्षा व्यवस्था सहित निषेधाज्ञा जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारीको आदेशअनुसार संघ, प्रदेश तथा स्थानीय तहका विभिन्न कार्यालय भवन, सुरक्षा निकायका कार्यालयहरू तथा परिसरहरू, अत्यावश्यक सेवा, प्रदान गर्ने कार्यालय, मठ–मन्दिर र धार्मिक स्थल बाहेक अन्य स्थानमा ठूलो संख्यामा भेला भई हुलदङ्गा गर्ने, अप्रिय घटना हुनेगरी सभा–जुलुस गर्ने, घरायसी हतियार बोकी हिंड्ने, पार्टी कार्यालय अन्य स्थानमा भीडभाड गर्ने, शान्ति सुरक्षामा खलल पुग्ने गतिविधि गर्ने र सार्वजनिक स्थलमा बालबालिकाको प्रयोग गर्ने कार्य निषेध गरिएको छ।


जिल्ला प्रशासनले आदेशको पालना गर्न नागरिक समाजका प्रतिनिधि, व्यापारी, उद्योगी, संघसंस्था र आम नागरिकलाई आग्रह गर्दै उल्लङ्घन गर्नेहरूमाथि कानुनअनुसार कारबाही गरिने जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply