You are currently viewing अर्जनु ट्रफी : राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल डडेलधुराको फेन्ड्स क्लबबाट खेल्ने /@ArjunTrophy /@KushalBhurtel

अर्जनु ट्रफी : राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल डडेलधुराको फेन्ड्स क्लबबाट खेल्ने /@ArjunTrophy /@KushalBhurtel

माघ १२,धनगढी : नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता डडेलधुराको क्लबबाट खेल्ने भएका छन्। क्रिकेटको सहर धनगढीमा यही माघ १९ देखि २८ गतेसम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा भुर्तेलले डडेलधुराको फेन्ड्स क्लबबाट खेल्न लागेका हुन।

 

उद्घाटन खेलमा डडेलधुराको फेन्ड्स क्लबले आफ्ना प्रमुख खेलाडीको रूपमा कुशललाई मैदान उतार्दै डिसिए धनगढीविरुद्ध खेलेर प्रतियोगिताको सुरुवात गर्ने जनाइएको छ। धनगढी र सुदूरपश्चिम प्रदेशको क्रिकेटका सारथि स्वर्गीय अर्जुन खड्काको स्मृतिमा आयोजना गर्न लागेको अर्जुन ट्रफीमा झण्डै २० लाख नगद पुरस्कार प्रदान गरिनेछ। रनिङ ट्रफीको रूपमा टी–२० फम्र्याटको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद पाँच लाखसहित ट्रफी पाउनेछन्।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ। उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०र५० हजार पाउनेछन्। प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ। प्रतियोगितामा देशभरका आठ वटा क्लबको सहभागिता हुँदैछ। फेन्ड्स क्लबको टिम मालिक लामो समयदेखि क्रिकेटजन्य गतिविधिमा सकृय सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जोशी रहेका छन ।

Leave a Reply