You are currently viewing अर्जुन ट्रफीको उपाधि सिवाइसी अत्तरियालाई,जित्यो १० लाख नगद /@ArjunTrophy /@CYCATTARIYA

अर्जुन ट्रफीको उपाधि सिवाइसी अत्तरियालाई,जित्यो १० लाख नगद /@ArjunTrophy /@CYCATTARIYA

माघ २८,धनगढी : क्रिकेटको सहर धनगढीमा सम्पन्न अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सिवाइसी अत्तरियाले जितेको छ ।

उपाधिका लागि धनगढी स्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनल खेलमा फेण्ड्स क्लब डडेल्धुरालाई ३४ रनले हराउँदै अत्तरियाले उपाधि हात पारेको हो । उपाधि जितेको सिवाइसी अत्तरियाले नगद १० लाख र आकर्षक ट्रर्फी जितेको छ भने फेण्ड्स क्लब डडेल्धुराले उपविजेतामा चित्त बुझाएको छ ।

उस्ले नगद ५ लाख प्राप्त गरेको छ ।जितको लगि पाएकाे १ सय १९ रनको लक्ष्य डडेल्धुरा ८४ रनमा समेटियाे। डडेल्धुराका गजेन्द्र बाेहराले २४,कुशल भुर्तेलले २०,अशाेक धामीले १० रन बनाउनुबाहेक अन्यले दाेहाेराे अंकमा रन जाेड्न सकेनन् । बलिङमा अत्तरियाका शाहव आलमले ३,दिपेश कडेलले ३,कमल गुप्ता र विवेक यादवले २/२ विकेट लिए।

यसअघि फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेकाे अत्तरियाले निर्धारित २० ओभरको ९ विकेटको नोक्सानीमा १ सय १८ रन बनायो। जसमा रासिद खानले ३१, कप्तान सन्तोष कार्की र शंकर रानाले समान २० रन बनाए । बलिङमा अभिषेक गौतमले उत्कृष्ट प्रदर्शन गरे। उनले ४ ओभर बलिङ गर्दै १५ रन खर्चेर ४ विकेट लिए। कुशल भुर्तेल र अभिषेक चौहानले १/१ विकेट लिंदा दुई खेलाडी रन आउट भए। नेपाल क्रिकेट संघको वार्षिक क्यालेण्डरमा समावेश गो ड्रिर्मसको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा ८ टाेली सहभागी थिए।

Leave a Reply