You are currently viewing आइतबार दिनभर व्यस्त परराष्ट्रमन्त्री आरजु राणा देउवा,धनगढीका आठ कार्यक्रमको उद्घाटन /@ArzuRanaDeuba

आइतबार दिनभर व्यस्त परराष्ट्रमन्त्री आरजु राणा देउवा,धनगढीका आठ कार्यक्रमको उद्घाटन /@ArzuRanaDeuba

माघ २७,धनगढी : परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा आइतबार धनगढीका विभिन्न कार्यक्रममा निकै व्यस्त रहेकी हुन । बिहानैदेखी उनले धनगढी उपमहानगरपालिका द्वारा आयोजित विभिन्न निर्माण सम्बन्धी योजनाहरुको शिलान्यास र केहि योजनाको उद्घाटन समेत गरेकी हुन ।

मन्त्री आरजु राणा देउवाले सुरुमा वडा न.१९ मा रहेको जनप्रिय आधारभुत विद्यालयको भवन उद्घाटन गरेकी हुन । उनीसँगै धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाको पनि उपस्थिति रहेको थियो ।

त्यसैगरी आज दिनभरी व्यस्त रहेकी परराष्ट मन्त्रीले शिलान्यास तथा उद्घाटन गरेका थप कार्यक्रहरु

  • श्री बेहडा बाबा मा.वि.धनगढी उपमहानगरपालिका वडा न.१६ को भवन शिलान्या
  • धनगढी उपमहानगरपालिका वडा न.१७ मा नवनिर्मित झोलुंगे पुल उदघाटन ।
  • धनगढी उपमहानगरपालिका वडा न.११ जोखैयामा नवनिर्मित पक्कि पुल उदघाटन ।
  • धनगढी उपमहानगरपालिका वडा न.२ वडाको नवनिर्मित प्रशासनिक भवन उदघाटन ।
  • सुदूरपश्चिम प्रदेश स्तरीय १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको छनौट उद्घाटन ।
  • नेपाल विद्यार्थी संघले आयोजना गरेको धनगढी लागू औषध दुव्र्यशनी विरुद्ध वृहत पैदल र्‍यालीको उदघाटन ।नेपाली काँग्रेसको दोश्रो जिल्ला सम्मेलनका लागि माघ २५ गते धनगढी आएकी परराष्ट्र मन्त्री डा.श्री आरजु राणा देउवा त्यसयता अत्यन्तै व्यस्त रहेकी हुन । उनी कैलाली क्षेत्र न.५ बाटै समानुपातिक प्रणालीबाट प्रतिनिधि सभा सदस्य चुनिएकी थिइन ।

Leave a Reply