You are currently viewing आइपीएलमा सनराइजर्स हैदराबाद र चेन्नइ सुपर किंग्सको शानदार जीत /@SRHvsRR /@CSKvsMI

आइपीएलमा सनराइजर्स हैदराबाद र चेन्नइ सुपर किंग्सको शानदार जीत /@SRHvsRR /@CSKvsMI

चैत्र ११,धनगढी : इन्डियन प्रिमियर लिग आइपीएलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई ४४ रनले पराजित गर्दै शानदार सुरुवात गरेको छ । हैदराबादले ईशान किशन र ट्राभिस हेडको विस्फोटक ब्याटिङको मद्दतले २० ओभरमा ६ विकेट गुमाएर २८६ रनको विशाल स्कोर खडा गरेको थियो ।जुन आईपीएल इतिहासकै दोस्रो सर्वाधिक टोटल हो । जवाफी ब्याटिङमा राजस्थानका कप्तान सन्जु सामसन र ध्रुव जुरेलले उत्कृष्ट साझेदारी गरेता पनि टोलीलाई जित दिलाउन सकेनन् । निर्धारित २० ओभरमा राजस्थानले ६ विकेटको क्षतिमा २४२ रन मात्र बनाउन सक्यो ।

विशाल लक्ष्य पछ्याउने क्रममा राजस्थानको सुरुवात खराब रह्यो । टिमले ५० रनमै ३ विकेट गुमाएको थियो । त्यसपछि इम्प्याक्ट प्लेयरका रूपमा आएका सन्जु सामसन र ध्रुव जुरेलले चौथो विकेटका लागि १११ रनको साझेदारी गरे ।


जब यी दुई ब्याटिङ गरिरहेका थिए, राजस्थान आईपीएल इतिहासकै सबैभन्दा ठूलो रन चेज गर्न सक्ने सम्भावना देखिएको थियो । तर, हर्षल पटेलले सन्जु सामसनलाई आउट गरेपछि यो साझेदारी टुट्यो । केही समयपछि जुरेल पनि आउट भए । त्यसपछि राजस्थानको जितको सम्भावना कमजोर बन्यो । अन्त्यमा शिमरन हेटमायर र शुभम दुबेले केही आक्रामक ब्याटिङ गरे, तर टोलीलाई जितसम्म पुर्‍याउन सकेनन् ।

ध्रुव जुरेलले ३५ बलमा ५ चौका र ६ छक्काको मद्दतले ७० रन बनाउँदा सन्जु सामसनले ३७ बलमा ७ चौका र ४ छक्कासहित ६६ रन बनाए । यसैगरी शिमरन हेटमायरले २३ बलमा १ चौका र ४ छक्का सहित ४२ रन जोड्दा शुभम दुबेले ११ बलमा १ चौका र ४ छक्का प्रहार गर्दै ३४ रन ९नटआउट० बनाए । सनराइजर्स हैदराबादका लागि सिमरनजीत सिंह र हर्षल पटेलले उत्कृष्ट बलिङ गर्दै २–२ विकेट लिए भने, मोहम्मद शमी र एडम जाम्पाले १–१ विकेट झारे ।
यसअघि राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङ थालेको हैदराबादले ६ विकेट गुमाएर २८६ रन बनायो ।


यो आईपीएल इतिहासकै दोस्रो उच्च योगफल हो । आईपीएलमा सर्वाधिक स्कोरको रेकर्ड पनि हैदराबादको नाममा छ । गत सिजनमा हैदराबादले आरसीबीविरुद्ध तीन विकेटको क्षतिमा २८७ रन बनाएको थियो, जुन प्रतियोगिताको उच्चतम योगफल हो । आज खेलमा हैदराबादले थप दुई रन जोडेको भए आफ्नै रेकर्ड तोड्न सफल हुने थियो ।हैदराबादका इशान किशनले १०६ रनको शतकीय पारी खेले । ट्राभिस हेडले ३१ बलमा ६७ रन बनाए ।

हेनरिक क्लासेनले ३४, नितिश कुमार रेड्डीले ३० र ओपनर अभिषेक शर्माले २४ रन जोडे । राजस्थानका तुषार देशपाण्डेले ३ विकेट लिए । महिश थेक्सनाले २ विकेट र सन्दीप शर्माले १ विकेट लिए । चर्चित बलर जोफ्रा आर्चरले आफ्नै नाममा खराब कीर्तिमान बनाए। आर्चर आइपीएल इतिहासकै महंगो सावित भए। उनले ४ ओभरमा एक विकेट पनि हात पार्न सकेनन् भने ७६ रन खर्चिए।

मुम्बइ इण्डियन्सलाई पराजित गर्दै चेन्नइ सुपर किंग्सको उत्कृष्ट सुरुवात

आइतबार नै सम्पन्न दोश्रो खेलमा रचिन रविन्द्र र कप्तान रितुराज गाइकाडको अर्धशतक सहयोगमा मुम्बइ इण्डियन्सलाई पराजित गर्दै चेन्नइ सुपर किंग्सले इण्डियन प्रिमियर लिग ९आईपीएल० मा विजयी सुरुवात गरेको छ।चेन्नइले मुम्बईलाई ४ विकेटले पराजित गर्दै आइपीएलमा सुखद् सुरुवात गरेको हो। मुम्बइले दिएको १ सय ५६ रनको लक्ष्य चेन्नईले ५ बल अगावै ६ विकेटको क्षतिमा भेट्टायो।

चेन्नइका लागि ओपनर रचिन र कप्तान रितिराजको अर्धशतक महत्वपुर्ण रह्यो। ओपनर रचिन ६५ रनमा अविजित रहे। रचिनले ४५ बलमा २ चौका र ४ छक्का प्रहार गरे। रितिराजले २६ बलमा ६ चौका र ३ छक्का सहयोगमा ५३ रन बनाउँदा क्याच आउट भए। रविन्द्र जडेजा १७ रन बनाउँदा रन आउट भए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। मुम्बईका भिगनेसले ३ विकेट लिए। दिपक चाहार र विल ज्याक्सको नाममा समान एक विकेट रह्यो।

त्यसअघि चेन्नइको एमए चिदम्बरम स्टेडिययमा चेन्नइले टस जितेर फिल्डिङ रोेजपछि ब्याटिङ गरेको मुम्बइले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ५५ रनको योगफल तयार पारेको थियो।मुम्बइका लागि तिकल बर्माले बनाएको ३१ रन नै सर्वाधिक रह्यो। कप्तान सुर्यकुमार यादव २९ रन बनाउँदा आउट भए। नमन धिरले १७ र रायन रिकेन्टोनले १३ रन थपे। मिचेल सान्टनरले ११ रन बनाए।

मुम्बइलाई कम स्कोरमा रोक्न चेन्नइका नुर अहमदले ४ विकेट लिए। उनले आफ्नो स्पेलमा मात्र १८ रन दिएर ४ विकेट आफ्नो नाममा गरे। खलिल अहमदले चार ओभरमा २९ रन दिएर ३ विकेट झारे। नाथन एलिस र रविचन्द्रन अश्विनले समान एक विकेट लिए।

 

Leave a Reply