You are currently viewing आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ : नेपालद्वारा स्कटल्याण्ड पराजित
Photo : CAN

आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ : नेपालद्वारा स्कटल्याण्ड पराजित

कार्तिक १४,धनगढी : बलियो ठानिएको स्कटल्याण्ड माथि नेपाल हाबी हुँदै जित दर्ता गराएको छ । आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत एकदिवसीय खेलमा नेपालले स्कटल्याण्डलाई पाँच विकेटले पराजित गरेको छ । नेपाल र स्कटल्याण्ड बीच एकविदसियमा क्रिकेटमा हालसम्म ७ पटक आमुन्ने सामुन्ने हुँदा नेपालले ४ जित निकाल्दा स्कटल्याण्डले ३ जीत निकालेको छ ।

अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा मङ्गलबार राति टस हारेर पहिलो ब्याटिङ गरेको स्कटल्याण्ड ४१ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १५४ रनमा समेटियो । स्कटल्याण्डलाई सस्तैमा समेट्ने क्रममा सन्दीप लामिछानेले तीन विकेट लिए । साथै करन केसी, सोमपाल कामी, गुल्सन झाले २/ २ विकेट तथा आरिफ शेखले एक विकेट लिए । स्कटल्याण्डका लगि मार्क वाटले ३४ रन बनाए भने अन्य ब्याटरले उल्लेखनीय रन बनाउन सकेनन् ।

Photo : CAN

स्कटल्याण्डले प्रस्तुत गरेको उक्त लक्ष्य नेपालले २९ दशमलव पाँच ओभरमा पूरा गर्यो । नेपालको जितमा आरिफ शेखले ५१ रनको योगदान दिए । साथै कुशल भुर्तेल र गुल्शन झाले २५/ २५ रन बनाए भने आसिफ शेखले २१ रन बनाए । स्कटल्याण्डका लागि ब्राण्डम म्याकुलमले २ विकेट लिए । साथै ब्राड कुरी, मार्क वाट र ज्याक जार्विसले समान १ / १ विकेट लिए ।

लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको तेस्रो सिरिज खेलिरहेको नेपाल पहिलो खेलमा नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको थियो । स्कटल्याण्ड भने आफ्नो पहिलो खेलमै अमेरिकालाई १० विकेटले पराजित गर्न सफल भएको थियो । लिग टु मा नेपाल १० खेलमा ७ हार, २ मा जित तथा १ खेल रद्द हुँदा ५ अंकका साथ सातौं स्थानमा छ । स्कटल्याण्ड ९ खेलमा ५ जित र ३ हारका साथ ११ अंक जोड्दै तालिकाको चौथो स्थानमा छ । ८ टोली सहभागी विश्व कप लिग टु अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिज अहिलेसम्मको अंक तालिका हेर्दा क्यानडा शिर्ष स्थानमा रहेको छ ।

Leave a Reply