जेठ १९,धनगढी : आईसीसी क्रिकेट विश्वकप लिग-२ क्रिकेटअन्तर्गत स्कटल्याण्डसँगको खेल जित्न नेपालले ठूलो लक्ष्य पाएको छ । डुनेडीमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ५० ओभरमा ७ विकेट गुमाएर २९६ रन बनाउँदै नेपाललाई २९७ रनको लक्ष्य दिएको हो । स्कटल्याण्डका लागि ओपनर चार्ली टियरले सर्वाधिक ८० रन बनाए । फिनले म्याकरिथले ५५ तथा कप्तान रिची बेरिङटनले ४० र म्याथ्यु क्रसले ३९ रन बनाए ।
नेपालका लागि करण केसीले १० ओभरमा ४३ रन दिएर २ विकेट लिए । त्यस्तै सोमपाल कामीले १० ओभरमा ६६ तथा रिजन ढकालले १० ओभरमा ७८ रन खर्चेर २/२ विकेट लिए । सन्दीप लामिछानेको नाममा १ विकेट रह्यो ।