कार्तिक १२,धनगढी : आईसीसी विश्वकप लिग-२ मा नेपाल अमेरिकासँग पराजित भएको छ । डालासमा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल तीन विकेटले पराजित भएको हो ।

नेपालले दिएको २८७ रनको लक्ष्य अमेरिकाले ७ विकेटको क्षतिमा २ बल बाँकी हुँदा भेटायो । अमेरिकाका ओपनर शायन जहाजिंगरले सर्वाधिक १०४ रनको शतकीय इनिङ खेलेपछि अमेरिका जित दर्ता गर्न सफल भएको हो । यस्तै, कप्तान मोनांक पटेलले ६२, हरमित सिंहले ५७, शाड्लीले २९ र जसदीप सिंह र साइतेजा मुकामल्लाले ११र११ रन बनाए । ११ रन नै अमेरिकाले अतिरिक्त बटुलेको थियो ।
छ ओभर बलिङ गरेका नेपालका कुशल भुर्तेलले २३ रन खर्चेर ४ विकेट लिए । सोमपाल कामीले २ र ललित राजवंशीले एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको गरेको नेपालले ५० ओभरमा अल आउट हुँदै २८६ रन बनाएको थियो । नेपालका कप्तान रोहित पौडेलले ७५ बलमा ८ चौका र ३ छक्कासहित ९६ रन बनाए । कप्तान पौडेल ४ रनले शतकबाट चुके ।

ओपनर अनिल साह ५६ र आसिफ शेख ५२ रनमा आउट भए । आरिफ शेख ३७, दीपेन्द्रसिंह ऐरी १३, कुशल भुर्तेल ११ रन बनाए । अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन् ।अमेरिका नोस्थुश केन्जिगेले ४, हरमीत सिंह, शाड्ली भान शाक्ली र जसदीप सिंहले समान एकरएक विकेट लिए ।
लिग २ का लागि अमेरिकामा रहेको नेपालले अर्को खेल मंगलबार स्कटल्यान्डसँग खेल्नेछ । आईसीसी विश्वकप लिग-२ मा ९ खेल खेलको नेपाल ७ मा हार एक जित र एक ड्र खेल्दै ३ अंकका साथ पोइन्ट तालिकामा पुछारबाट दोश्रो स्थानमा छ भने १० खेल खेलेको अमेरीका ७ जित र ३ हारका साथ १४ अंक जोड्दै अंक तालिकाको दोश्रो स्थानमा यथावत छ । १२ खेलमा ८ जितका १ अंक जोड्दै क्यानडा साथ अंक तालिकाको शिर्ष स्थानमा रहेको छ ।