वैशाख १३,अछाम : अछामको साँफेबगर नगरपालिका वडा नं ३ हाटबजारमा शनिबार बिहान भएको आगलागीबाट पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले तत्काल दश लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । शनिबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको प्रदेश विपद् जोखिम न्युनीकरण तथा नियन्त्रण परिषद्को बैठकले अछामका आगलागी पीडितका लागि तत्काल नगरपालिकालाई मानविय सहायता स्वरुप दश लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।
जिल्लाको साँफे हाटबजारमा भीषण आगलागी हुँदा १० वटा पसल जलेर नष्ट भएका छन । सनिबार बिहान साढे ३ बजे साँफेबगर नगरपालिका वडा न.३ स्थित हाटबजारमा रहेको सुवेच्छा होटलबाट विद्युत सर्ट भई सल्किको आगोले १० वटा पसल पूर्ण रुपमाा जलेर नष्ट हुँदा लाखौको क्षति भएको छ ।

आगलागीबाट गंग कुँवरको कालभैरव एण्ड सन्स जनरल स्टोर, प्रेम खड्काको शुभेच्छा मम सेन्टर, भिम कुँवरको रोड साईड रेष्टुरेन्ट, दिपक सुनारको कालभैरव सुनचाँदी पसल, ज्ञानेन्द्र कुँवरको डाकग्यालरी, टीका कुँवरको टीका फेन्सी एण्ड व्युटी पार्लर, सुरेस कुँवरको शितल नास्ता पसल, किशोर भाटको मदिरा पसल, मक्र कुँवरको रिभर साईड नास्ता पसल, सुमन कुँवरको राज्यश्वरी कृषि तथा पशुपछि फर्म जलेको प्रहरीले जनाएको छ । क्षतीको एकिन विवरण भने आइसकेको छैन ।