You are currently viewing आचार्य कृष्णलाई धनगढी उपमहानगरको सम्मान, मेयरद्वारा जागिर दिने प्रतिबद्धता

आचार्य कृष्णलाई धनगढी उपमहानगरको सम्मान, मेयरद्वारा जागिर दिने प्रतिबद्धता

भाद्र ८,धनगढी

धनगढी उपमहानगरपालिकाले आचार्य कृष्णबहादुर दमाईलाई सम्मान गरेको छ । नेपाल संस्कृत विश्वविद्यालय, बेलझुन्डी, दाङबाट संस्कृत साहित्यमा दलित समुदायबाट पहिलो ‘आचार्य’ उत्तीर्ण गरेका दमाईंलाई उपमहानगरपालिकाले सम्मान गरेको हो । शनिवार एक कार्यक्रमको आयोजना गरी उपमहानगरले आचार्य दमाईलाई सम्मान गरेको हो ।

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले आचार्य दमाईलाई सम्मान पत्र र एक लाख ५१ हजार नगदसहित सम्मान गर्नु भएको हो । आचार्य दमाइलाई बाजागाजासहित नगर सभा हलमा नगर प्रमुख हमाल र कार्यपालिका सदस्य र कर्मचारीहरूले स्वागत समेत गरेका छन् ।कञ्चनपुरको भीमदत्त नगरपालिका–३ घर भएका दमाइले नेपाल संस्कृत विश्वविद्यालयबाट संस्कृत साहित्यमा आचार्य गरेका हुन् । शिल्पी समुदायबाट संस्कृतमा आचार्य पास गर्ने दमाई नेपालकै पहिलो व्यक्ति हन् ।

आर्थिक अभाव खेपिरहेका दमाइलाई धनगढी उपमहानगरपालिकाले जागीर दिने भएको छ । नगर प्रमुख हमालले दमाइले जागीर पाए जीवनयापन गर्न सहज हुने बताएकाले काम दिने बताए । नगर प्रमुख हमालले शिल्पी समुदायबाट आचार्य उपाधी हासिल गरेका दमाइलाई आर्थिक समस्या भएको थाहा पाएर सम्मानसहित नगद सहयोग गरिएको बताए । उनले आचार्य दमाईले चाहेको बखत धनगढी उपमहानगरपालिकामा जागीर गर्न आउन आग्रह गरे ।

सम्मान कार्यक्रममा बोल्दै आचार्य दमाइले सनातन धर्मको रक्षाका लागि सबै समुदायले विभेद त्यागेर अगाडि बढ्नुपर्ने बताए । उनले धनगढी उपमहानगरपालिकाले स्थानीय तह मध्य सबैभन्दा पहिले आफूलाई सम्मान गरेकोमा खुशी व्यक्त गर्दै सनातन धर्मको रक्षाका लागि काम गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply