You are currently viewing आज राति ९ः४५ बजेदेखि ईडीभी २०२६ का लागि फाराम खुला हुँदै

आज राति ९ः४५ बजेदेखि ईडीभी २०२६ का लागि फाराम खुला हुँदै

असोज १६,धनगढी: हरेक वर्ष झैं यसपटक पनि अमेरिकी दूतावासले इडिभी कार्यक्रम आजबाट खुला गर्दै छ । अमेरिकाले नेपालीहरुलाई स्थायी बसोबासका लागि लैजाने एक विधि डाइभर्सिटी भिसाको २०२६ कार्यक्रम बुधबार राति खुल्ने भएको हो ।

अमेरिकी दूतावासका अनुसार बुधबार राति ९स्४५ बजेदेखि डीभी कार्यक्रममा नेपालीले फारम भर्न सक्नेछन् । डिभी कार्यक्रमबाट अमेरिका लगिने व्यक्ति निष्पक्ष रूपमा छनोट गरिने अमेरिकी दूतावासले जनाएको छ ।

एउटा व्यक्तिले एउटा मात्र आवेदन दिनुपर्ने र एक भन्दा बढी आवेदन दिए अयोग्य ठहरिनेछन् । डीभीको फारम बुधबार रातिदेखि ५ नोभेम्बरसम्म भर्न सकिनेछ । अमेरिकी दूतावासले हरेक वर्ष डिभी कार्यक्रमका माध्यमबाट करिबन चार हजार नेपालीलाई अमेरीका लगिरहेको छ ।

Leave a Reply