एजेन्सी – युएईमा आइतवार भएको यु १९ एसिया कपको ११ औं संस्करणको फाइनलमा भारतलाई ५९ रनले पराजित गर्दै बंगलादेश लगातार दोस्रो पटक च्याम्पियन भएको हो । बंगलादेश यसअघि २०२३ मा युएईमा नै भएको यु-१९ एसिया कपमा घरेलु टोलीलाई पराजित गर्दै च्याम्पियन भएको थियो ।
१ सय ९९ रनको लक्ष्य पछ्याएको भारतले ३५.२ ओभरमा अल आउट हुँदै १ सय ३९ रन मात्र बनायो । त्यसअघि दुबई क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश ४९.१ ओभरमा १ सय ९८ रनमा अल आउट भयो । बंगलादेशका रियाज होसनले सर्वाधिक ४७ तथा मोहम्मद जेम्सले ४० रन जोडे । फरिद हसन ३९, जवाद अबरार २० तथा कप्तान अजिजुल हाकिम १६ रनमा आउट भए ।
भारत यु १९ का लागि युदराज गुहा, चेतन शर्मा र हार्दिक राजले समान २ तथा किरन चोरमाली, केपि कार्तिय र आयुष महतराले समान १ विकेट लिए । भारतका कप्तान मोहम्मद अमानले सर्वाधिक ३६ रन जोडे । हार्दिक राज २४, केपि कार्तिक्य २१, आन्द्र सिद्धार्थ २० तथा चेतन शर्मा १० रनमा आउट भए । बंगलादेशका लागि अजिजुल हाकिम र एकवाल होसैनले समान ३ तथा अल फहादले २ विकेट लिए ।