You are currently viewing आन्दोलनकारीबाट भाटभटेनी लुटपाट रोक्न बहादुरी देखाएका सुरक्षा गार्ड पराजुली ५ लाख नगदसहित सम्मानित

आन्दोलनकारीबाट भाटभटेनी लुटपाट रोक्न बहादुरी देखाएका सुरक्षा गार्ड पराजुली ५ लाख नगदसहित सम्मानित

चैत्र २०,धनगढी : गत शुक्रबार राजावादीहरुको आन्दोलनका क्रममा भाटभटेनी सुपरमार्केटमा लुटपाट मच्चाउनेहरुलाई ज्यान जोखिममा राखेर लखेटेका सुरक्षा गार्डलाई सम्मानसहित पुरस्कृत गरिएको छ ।

भाटभटेनी सुपरमार्केटले गत चैत १५ गतेको घटनामा बहादुरी देखाउने सुरक्षा गार्ड दुलप्रसाद पराजुलीलाई पुरस्कृत गरेको हो । उनलाई आज एक कार्यक्रमबीच ५ लाख १ हजार १११ नगद रुपैयाँ पुरस्कार र पाँच ग्रेड बढुवाको सम्मान प्रदान गरिएको भाटभटेनीले जनाएको छ ।

त्यस्तै अर्का सुरक्षागार्ड दीपेश खड्का २५ हजार रुपैयाँसहित सम्मानित भएका छन् । त्यस्तै अर्का गार्ड २५ हजार १ रुपैयाँ, सागर गुरुङले ५१ हजार १११ रुपैयाँ, सोमबहादु भुजेलले २५ हजार १ रुपैयाँ पाएका छन् । उनीहरुलाई भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङ दम्पत्तिले सम्मानित गरेका थिए ।लुटपाटका लागि भाटभेटेनीमा प्रवेश गरेका समूहले गरेको लुटपाटमा ७५ लाख रुपैयाँको क्षति भएको भाटभटेनीले जनाएको छ।लुटपाटमा संलग्न मध्ये केहीलाई प्रहरीले पक्राउ गरिसकेको छ भने अन्यको खोजी भइरहेको जनाएको छ ।

Leave a Reply