You are currently viewing आयरल्याण्डका लेजेण्ड क्रिकेटर केभिन ओब्रायन बिराटनगर किंग्सकको मुख्य प्रशिक्षक

आयरल्याण्डका लेजेण्ड क्रिकेटर केभिन ओब्रायन बिराटनगर किंग्सकको मुख्य प्रशिक्षक

असोज २४,धागढी : संदिप लामिछाने मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको फ्रेन्चाईज क्लबबिराटनगर किंग्सले आयरल्याण्डका लेजेण्ड क्रिकेटर केभिन ओब्रायनलाई मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरेको छ । केभिन एसोसियट राष्ट्रहरुमा लोकप्रीय खेलाडीको रुपमा चिनिन्थे ।

ओब्रायन नेपालका लागि समेत परिचित अनुहार हुन् । उनी एभरेष्ट प्रिमियर लिगमा काठमाडौं किंग्सबाट खेलेका थिए । उनीसँग थुप्रै अन्तराष्ट्रिय क्रिकेट खेलेको अनुभव छ । बिराटनगरले उनैलाई मुख्य प्रशिक्षकको रुपमा पहिलो सिजनका लागि नेपाल प्रिमियर लिगमा भित्र्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply