१६श्रवण,२०८२ः कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले पहिलोपटक आज राष्ट्रिय कोदो दिवस मनाइँदैछ ।
कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन, खाद्य तथा पोषण सुरक्षाका लागि आज साउन १६ गते दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा ‘कोदोजन्य परिकारको आहार: खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारासहित विभिन्न कार्यक्रम हुँदैछन् । देशको दिगो विकास लक्ष्य हासिल गर्न, जलवायु परिवर्तनवाट हुने असर कम गर्न र जैविक विविधता जोगाउँदै खाद्य प्रणालीको रुपान्तरण गर्न दिवस महत्त्वपूर्ण हुने कृषि विभागको भनाइ छ । कृषि विभागका अनुसार गएको आर्थिक वर्षमा ७६ करोड ६३ लाख ८६ हजार रुपैयाँ बराबरको करिब १८ हजार ३१६ मेट्रिक टन कोदोजन्य उत्पादनको आयात भएको छ ।

पानी नपरेर धान रोपाइँ हुन नसकेको मधेशलगायतका ठाउँमा वैकल्पिक बालीको रुपमा कोदो खेती गर्न सकिने विज्ञहरुको भनाइ छ । राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जीन बैंक) का प्रमुख डा.बालकृष्ण जोशीका अनुसार सुक्खा क्षेत्रमा अब कोदोजन्य बाली विकल्प हुन सक्छ । तर धेरै किसानले एकैपटक समस्या भोगेकाले यी वैकल्पिक बालीको बीउ अभाव हुने देखिन्छ ।
कोदोजन्य बालीअन्तर्गतका कोदो, चिनो, कागुनो, सामा, जुनेलो, धानकोदोलगायतको विस्तार गरी खेती बढाउन सकेमा खाद्य सुरक्षाको आधार बन्ने विज्ञहरु बताउँछन् । यसले खाद्य सुरक्षासँगै स्वास्थ्य सुरक्षा, पोषण सुरक्षा, वातावरण सुरक्षालगायतमा पनि टेवा पु¥याउँछ ।
।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?