माघ १५,धनगढी : इंण्ल्याण्डले घरेलु टोली भारतलाई १७२ रनको लक्ष्य प्रस्तुत गरेको छ । इंण्ल्याण्डले पूरा २० ओभरमा ९ विकेट गुमाउँदै १७१ रन बनाएको छ । इंण्ल्याण्डका लागि बेन डकेट ५१ रनको अर्धशतकीय पारी खेले भने लियम लिविंगस्टनले ४३ रनको पारी खेले ।
कप्तान जोश बटलरले २४ रनको योगदान दिए । भारतका लागि वरुण चक्रवर्ती सर्वाधिक ५ विकेट चट्काए । हार्दिक पंड्याको नाममा २ विकेट रह्यो । ५ खेलको टि२० आइ सिरिजमा घरेलु टोली भारतले लगातार दुई खेलमा जित निकाल्दै सिरिज जित्ने तरखरमा छ भने इंण्ल्याण्ड भने आजको खेलमा उत्कृष्ट प्रर्दशन गर्दै सिरिजमा पुनरागमन गर्न चाहान्छ ।
