ईङ्ल्याण्ड विरुद्धको पाँचौं तथा अन्तिम टि२० आइमा भारतका ओपनर अभिषेक शर्माले शतक प्रहार गरेका छन । आक्रामक ब्याटिङ गरिरहेका शर्माले ३७ बलमा १० छक्का र ५ छक्काको मद्दतले शतक बनाएका हुन । शर्मा अहिले ४४ बलमा १०८ रन बनाएर खेलिरहेका छन ।
भारतका लागि ओपनर सञ्जु स्यामसङले १६ रनको पारी खेले भने तिलक बर्मा २४,कप्तान सूर्य कुमार यादव २ तथा शिवम दुबेले ३० रन बनाएर पवेलियन फर्किएका छन