You are currently viewing ईमरल्ड एकेडेमी धनगढीले भव्यताका साथ मनायो ११औं योग दिवस /@Emerald_Academy_DHN

ईमरल्ड एकेडेमी धनगढीले भव्यताका साथ मनायो ११औं योग दिवस /@Emerald_Academy_DHN

असार ८,धनगढी : धनगढी उपमहानगरपालिका वडा न.३ विशालनगरमा रहेको ईमरल्ड एकेडेमीले भव्यताका साथ योग दिवस मनाएको छ । सिंगो पृथ्वी र मानव जातीका लागि योग भन्ने मुल नाराका साथ ईमरल्डले शनिबार विद्यालय प्राङ्गणमा ११ औं योग दिवस भव्यताका साथ मनाएको हो ।

बिहान ५ बजेदेखि ७ बजेसम्म सञ्चालन भएको उक्त योग दिवस कार्यक्रममा प्रमुख अतिथि रहेका पतञ्जली योग समिति नेपालका संरक्षक मदन राज पाण्डेय र विद्यालयका प्रिन्सिपल शशीभुषण पाठकले संयुक्त रुपमा पानसमा पिद प्रज्वलन गर्दै कार्यक्रमको समुद्घाटन गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि पतञ्जली योग समिति नेपालका संरक्षक मदन राज पाण्डेयले प्रणायामको अभ्यास,योगको महत्व,योग मार्फत हुने विभिन्न रोग निवारण बारे चर्चा गरेका थिए । त्यस्तै विद्यालयका शिक्षक तथा प्रशिक्षक जगत प्रसाद जोशी प्रशिक्षकको रुपमा रहेका थिए । उनले मानव जिवनका लागि योग किन आवश्यक छ ? नियमित योग गर्दाका फाइदा बारे पनि चर्चा गरेका थिए ।

योग दिवसमा विद्यार्थी,अभिभावक र कर्मचारी गरी करिबन १५० जनाको उपस्थिति रहको विद्यालयका प्रिन्सिपल शशीभुषण पाठकले जानकारी दिए । प्रिन्सिपल पाठकले विद्यार्थीहरुलाई पढाई सँगसँगै स्वास्थ्यप्रति चिन्तित बनाउन र आचरणमा सुधार ल्याउन पनि विद्यालयले बेलाबेलामा जिवनोपयोगी थप अतिरिक्त क्रियाकलाप गर्दै आएको र यो क्रम जारी रहने बताए ।

Leave a Reply