जेठ १५,धनगढी : धनगढी उपमहानगरपालिका वडा न.३ विशालनगरमा रहेको ईमरल्ड एकेडेमीले १८औं गणतन्त्र दिवस धुमधामका साथ मनाएको छ । कार्यक्रममा विद्यार्थीहरुले गणतन्त्र भनेको सरल भाषामा के हो ? यो किन आवश्यक छ ? गणतन्त्रको स्थापना कसरी हुन पुग्यो ? गणतन्त्रका राम्रा र बलियो पक्षहरुमा आफ्ना तर्कहरु प्रस्तुत गरेको विद्यालयकी संयोजक सिता रावतले बताइन ।
विद्यार्थीहरुले कविता र नृत्य पनि प्रस्तुत गरेका थिए । सोहि कार्यक्रमका प्रमुख अतिथि धनगढी उपमहानगरपालिका को वडा नं ३ का वडाध्यक्ष राज बहादुर ऐरले गणतन्त्रको महत्तव र इतिहासबारे विद्यार्थीमाझ आफ्नो धारणा राखेका थिए ।
उनले नागरिक चेतना र कर्तव्य, स्थानिय तह,स्थानिय तहले प्रवाह गर्ने अनिवार्य सेवाहरू र सरकारको भूमिका बारे पनि विद्यार्थीहरुलाई सुसुचित गराएका थिए । त्यस्तै कार्यक्रममा विद्यालयका शिक्षक श्री जगत प्रसाद जोशीले गणतन्त्रको परिचय,इतिहास,पृष्ठभूमि बारे धारणा राखेका थिए ।
विद्यालयका प्रिन्सिपल शशी भुषण पाठकको अध्यक्षतामा सम्पन्न उक्त गणतन्त्र दिवस कार्यक्रममा शिक्षक भगिरथ पन्तले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन शिक्षक दिलराम चौधरीले गरेका थिए ।