चैत्र २२,काठमाण्डौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन् । उनलाई पक्राउ गर्न प्रहरी उनको घरमै पुगेको थियो ।

संगठित रुपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई उच्च अदालतको बुटवल इजलासले थुनामा पठाउन शुक्रबार आदेश भएको थियो । उनलाई आज जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राख्ने तयारी गरिएको प्रहरी स्रोतले जानकारी दियो । स्रोतका अनुसार उनलाई भोलि मात्रै भैरहवा लगिनेछ ।