You are currently viewing उपाधि दाबेदार नेपाल विरुद्ध भुटानको उत्कृष्ट प्रर्दशन,नेपाललाई गोलरहित बराबरीमा रोक्यो
Photo : ANFA

उपाधि दाबेदार नेपाल विरुद्ध भुटानको उत्कृष्ट प्रर्दशन,नेपाललाई गोलरहित बराबरीमा रोक्यो

कार्तिक २ ,काठमाण्डौं : साफ माहिला च्याम्पियनसिपमा नेपाल र भुटान बीचको खेल गोल रहित बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा उपाधि दाबेदार नेपाललाई गोल रहित बराबरीमा रोक्दै भुटानले इतिहास रचेको छ । आजसम्म भुटानले नेपाल विरुद्ध खेलेका कुनैपनि खेलमा जित भन्दा पनि बराबरी समेत गर्न सकेको थिएन । तर आज भुटानी गोलकिपर संगीता मोंगेर नायक बन्दा साफ महिला च्याम्पियनसिपमा घरेलु टोली नेपाललाई गोलरहित बराबरीमा रोक्दै भुटानले इतिहास रचेको छ।

Photo : ANFA

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा नेपालले दर्जन अवसर बनाएपनि गोलमा परिणत गर्न सकेन । नेपालले यसअघिका चार भेटमा भुटानमाथि सहज जति हासिल गरेको थियो । अघिल्लो संस्करणमा भुटानले आफ्नो पहिलो खेलमा नेपालको सामना गरेको थियो। उक्त खेलमा सावित्रा भण्डारी र अनिता बस्नेतको सानदार प्रदर्शनमा नेपाल ४–० ले विजयी भएको थियो । अहिलेसम्म भुटानसँग भिड्दा नेपालले २३ गोल गरेको थियो । तर, एक गोल पनि बेहोर्न परेको थिएन । नेपालले अब दोश्रो खेल कार्तिक ४ गते माल्दिभ्स र कार्तिक ७ गते श्रीलंका विरुद्ध खेल्नेछ । समूह बी मा नेपाल सहित भुटान,श्रीलंका र माल्दिभ्स छ भने समूश ए मा भारत,पाकिस्तान र बंग्लादेश छन ।

 

Leave a Reply