You are currently viewing एएफसी यु १७ एसियन कप छनोटको समूह ‘जी’ मा नेपाल

एएफसी यु १७ एसियन कप छनोटको समूह ‘जी’ मा नेपाल

२२श्रावण,२०८२ः नेपाल एएफसी यु–१७ एसियन कप छनोट प्रतियोगिताको समूह ‘जी’ मा परेको छ।
एसियाली फुटबल महासंघ (एएफसी) ले बिहीबार सार्वजनिक गरेको ‘ड्र’ अनुसार यो समूहमा नेपालसहित दुई पटकको विजेता ओमान, म्यानमार, सिरिया र अफगानिस्तान छन् । यो समूहको खेल म्यानमारमा हुनेछ। नेपाल यसअघि तीन पटक यु–१७ एसियन कप खेलिसेकेको छ । नेपालले २०००, २००६ र २०१४ मा प्रतिस्पर्धा गरेको थियो । तर टोलीले समूह चरण पार गर्न भने सकेको छैन ।


छनोटमा सहभागी ३८ टोलीलाई सात समूहमा विभाजन गरिएको छ। तीन समूहमा ६ तथा चार समूहमा पाँच टोली छन् । छनोट चरणका खेल नोभेम्बर २२ देखि ३० सम्म सञ्चालन हुनेछ । हरेक समूहका शीर्ष टोलीले अर्को वर्ष साउदी अरेवियामा हुने एएफसी एसियन कप खेल्नेछन् ।कतार, उज्वेकिस्तान, साउदी अरेविया, दक्षिण कोरिया, जापान, ताजकिस्तान, उत्तर कोरिया, युएई र इन्डोनेसियाले सिधै एसियन कपमा स्थान पक्का गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply