असोज १५,धनगढी : धनगढी उपमहानगरपालिका वडा न.५ हसनपुरमा रहेको एक्सिस विद्याश्रमले बृहत सरसफाइ कार्यक्रम आयोजना गरको छ । विद्यालय भित्र रहेको एक्सिस ईको क्लबले नेतृत्व गर्दै विद्यालय भित्र र विद्यालय बाहिरको ५ सय मिटर आसपासमा सरसफाइ सम्पन्न गरेको छ । विद्यालयमा कार्यरत कर्मचारी र अध्ययनरत विद्यार्थीहरुको सकृय सहभागीतामा अहिले एक्सिस विद्याश्रम आसपासको क्षेत्र सुन्दर देखिएको छ ।

बृहत सरसफाइ अभियानमा विद्यार्थीहरुले हाम्रो धनगढी सफा धनगढी,दशैंको रहर,स्वच्छ सफा हाम्रो शहर,जबसम्म चल्छ प्राणीको सास तबसम्म चाहिन्छ स्वच्छ बतास,स्वच्छता नै सभ्य समाजको पहिलो पहिचान हो,दशैंको उल्लास,स्वच्छताको प्रयास लगायतका नारा सहितको प्ले कार्ड पनि प्रदर्शन गरेका थिए ।
सरसफाइ कार्यक्रममा विद्यार्थीहरुले फोहोर मात्र उठाएका छैनन कुहिने र नकुहिने फोहोर व्यवस्थापनका लागि छुट्टा छुट्टै डस्टबिनको पनि प्रयोग गरेका छन । अहिले विद्यालयको मुख्य प्रवेशद्वार हसनपुर देउवा चोकबाट भित्र छिर्ने बित्तिक्कै त्यो क्षेत्र सफा र सुन्दर देखिएको छ । सडमको दाँया बाँया किनारमा रहेका रुखहरु गेरु र चुना पोती चिटिक्क बनाइएका छन भने ठाउँठाउँमा कुहिने र नकुहिने फोहोर व्यवस्थापनका लागि रुख रुखमा डस्टबिन झुण्ड्याइएको छ ।
चाडपर्वको रौनक नजिकिदा विद्यार्थीहरुले नै नेतृत्व गर्दै यसरी सरसफाइ अभियानमा जोडिनु समाजका लागि सन्देशमूलक काम भएको स्थानीय झबि प्रसाद भट्टले बताए । भट्टले एक्सिस विद्याश्रमको गल्लीभित्र पस्ने बित्तिक्कै रुखहरुको छहारीले छुट्टै आनन्द आउने गरेको बताए ।
सरसफाई सम्बन्धी विद्यार्थीहरुमा बानी बसाल्न विद्यालयले निरन्तर अभिमुखिकरण कार्यक्रम गर्दै आएको विद्यालयकी प्राचार्य अनिता पन्तले बताइन । उनले समाज रुपान्तरणमा हरेक सचेत नागरिकको भूमिका उत्तिकै महत्वपूर्ण रहेको भन्दै आफ्नो विद्यालयले पनि सामाजिक उत्तरदायित्व अन्तरगत समाजमा सकारात्मक प्रभाव पार्ने काम बेलाबेलामा गर्दे आएको बताइन ।

गुणस्तरीय शिक्षा र अतिरिक्त क्रियाकलापमा अब्बल रहेको एक्सिस विद्याश्रम धनगढीको प्रतिष्ठित विद्यालयको रुपमा चिनिन्छ । हाल विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा १२ सम्म करिबन ३ हजार विद्यार्थी अध्ययनरत छन भने १५० जना कर्मचारी कार्यरत छन । विद्यालयले नर्सरीदेखि कक्षा १० सम्म हसनपुरबाट पठनपनठन गर्दे आएको छ भने कक्षा ११ र १२ को पढाइ तानानगरबाट गर्दे आएको छ ।
