You are currently viewing एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड यसपटक काठमाडौं बाहिर आयोजना हुने
Photo : NSJF

एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड यसपटक काठमाडौं बाहिर आयोजना हुने

नेपाली खेलकुद पत्रकारहरूको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले हरेक वर्ष आयोजना गर्दै आएको एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं उपत्यकाबाहिर हुने भएको छ ।आयोजकले शुक्रबार पत्रकार सम्मेल गर्दै अवार्डको २२औं संस्ककरण आगमी भदौ २९ गते पोखरामा हुने जानकारी दियो ।

Photo : NSJF

२०५२ सालमा स्थापना भएको एनएसजेएफले २०६१ सालदेखि निरन्तर रूपमा अवार्ड कार्यक्रम गर्दै आएको छ ।नेपाली खेलकुदमा वर्षभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीसहित प्रशिक्षक र खेलकर्मीलाई सम्मान गर्ने उदेश्यका साथ यसको सुरुआत भएको थियो ।सदाझै यस वर्ष पनि अवार्डको मुख्य प्रायोजकको रूपमा गोल्छा ग्रुपको बजाज पल्सर मोटरसाइकललाई निरन्तरता दिइएको छ । नेपाल खेलकुद पत्रकार मञ्च र गोल्छा  ग्रुपबीच अवार्डका लागि  सहकार्य भएको यो १७औं वर्ष हो ।

Photo : NSJF

यस वर्ष पनि अवार्डमा वर्षका उत्कृष्ट पुरुष खेलाडी, वर्षका उत्कृष्ट महिला खेलाडी, वर्षका उत्कृष्ट युवा खेलाडी, वर्षका उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, टिम अफ दी एयर, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोटर्स जर्नालिस्ट अवार्ड गरी १० विधा समावेश गरिएको छ ।वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपल्स च्वाइसको मनोनयन केही दिनमै सार्वजनिक गरिने छ । टिम अफ दी एयर, लाइफटाइम अचिभमेन्ट, स्पेसल, पारा एथलिट र एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड विधामा भने मनोनयन हुने छैन । सम्पूर्ण विजेताको घोषणा अवार्ड कार्यक्रमकै दिनमा गरिनेछ ।

Photo : NSJF

मुख्य प्रायोजन सम्झौताअनुसार गोल्छा ग्रुपले वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा खेलाडी गरी पाँच विधाका विजेतालाई मोटरसाइकल प्रदान गर्नेछ ।अन्य चार विधा टिम अफ दी एयर, लाइफटाइम अचिभमेन्ट, स्पेसल, पारा एथलिट अन्यका विजेतालाई १ लाख प्रदान गरिने छ । अवार्ड कार्यक्रमलाई सफल बनाउन एनएसजेएफका अध्यक्ष नीरञ्जन अधिकारीको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ । साथै अवार्ड कार्यक्रमका लागि विभिन्न उपसमिति गठन गरिएको एनएसजेएफले जानकारी दियो ।गत वर्ष पुरुषतर्फ क्रिकेटका रोहकुमार पौडेल महिलातर्फ करातेकी एरिका गुरुङ, प्रशिक्षकतर्फ, करातेकै कुशल श्रेष्ठ,  युवामा क्रिकेटका देवकुमार खनाल उत्कृष्ट भएका थिए ।  यस्तै पिपल्स च्वाइस अवार्ड भलिबलकी कविता भट्टले जितेकी थिइन् ।

Photo : NSJF

यसैगरी स्पेसल अवार्ड भलिबलका प्रशिक्षक कुमार राई पारा एथलिट सम्मान पारा तेक्वान्दो खेलाडी पलेशा गोबद्धन, एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड दक्षिण कोरियाका ही डोङ जोङ र लाइफटाइम एचिभमेन्ट अवार्ड नेपाल क्रिकेट संघ (क्यान) का पूर्वअध्यक्ष विनयराज पाण्डेलाई प्रदान गरिएको थियो । यस्तै एसियाली खेलकुदमा ऐतिहासिक कांस्य जितेको महिला कबड्डी टोलीलाई ‘टिम अफ द इयरबाट सम्मानित गरिएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply