You are currently viewing एनएसपिएलमा सहभागीका लागि खेलाडी दर्ता खुला

एनएसपिएलमा सहभागीका लागि खेलाडी दर्ता खुला

८श्रावण २०८२ः टी–१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपिएल) मा सहभागीका लागि खेलाडी दर्ता खुला भएको छ । आयोजक डिजीआर स्पोर्टस एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीले आफ्नो नाम एनएसपिएलको आधिकारिक वेबसाइट वा खल्ती एपमार्फत भदौ ८ गतेसम्म दर्ता गराउन सक्न जानकारी दियो ।

दर्ता शुल्क ब्याटर र बलरका लागि १ हजार र तथा अलराउन्डरका लागि १ हजार २०० रुपैयाँ तोकिएको छ । टिम दर्ता प्रक्रिया यसअघि नै सुरु भइसकेको छ । प्रतियोगिता असोज १५ देखि २४ गतेसम्म मुलपानी क्रिकेट मैदान (तल्लो) मा हुनेछ । सात टिमको सहभागीता रहने प्रतियोगितामा कूल २४ खेल हुनेछ । एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको विजेताले २१ लाख र उपविजेताले ११ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply