असोज १८,भनगढी: नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिमले आफ्नो नाम र लोगो सार्वजनिक गरेको छ । एनपीएलमा सुदूरपश्चिम रोयल्स नाम हुने भएको छ । सुदूरपश्चिमको स्वामित्व एम्यायर स्पोर्ट्स म्यानेजमेन्टले किनेको थियो ।
लोगोमा बाघको चित्र राखिएको छ । त्यसको मुख्य कारण सुदूरपश्चिममा शुक्लाफाटामा पाइने बाघको नेतृत्व हुनेछ । सुदूरपश्चिमको मार्की खेलाडीको रुपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी छन् । उनलाई लक्क ड मा सुदूरपश्चिमले किनेको थियो ।
एनपीएल नोभेम्बर डिसेम्बरमा हुनेछ । अक्सन दशै अघि गर्ने तयारी भएको छव्यवसायिक क्रिकेटलाई नयाँ उचाई दिने लक्ष्यका साथ क्यानले अघि बढाएको योजनामा सुदूरपश्चिमलाई प्रतिनिधित्व गर्दै आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्न आफूहरु उत्साहित रहेको सुदूरपश्चिम रोयल्सले जनाएको छ ।