भाद्र १४,२०८२ : अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष तथा एसियाली फुटबल महासंघ (एफसी) का कार्यकारिणी सदस्य पंकज बिक्रम नेम्वाङ सुदूरपश्चिम प्रदेशको पहिलो औपचारिक भ्रमणमा आउने भएका छन्। दुई दिने भ्रमणका क्रममा नेम्वाङ एन्फाका पदाधिकारीसहित सुदूरपश्चिमका ९ जिल्लामा सञ्चालन हुने ‘फिफा फूटबल फर स्कुल्स’ कार्यक्रमको सुरुवात गर्नेछन्।

फिफाको सहयोगमा नेपालभर सञ्चालन भइरहेको यस कार्यक्रम अन्तर्गत सुदूरपश्चिमका ८० भन्दा बढी विद्यालयमा फुटबल फर स्कुल्स परियोजना कार्यान्वयन हुने भएको छ। यसले खेलमार्फत विद्यार्थीलाई स्वस्थ, शिक्षित र अनुशासित जनशक्ति उत्पादनमा योगदान पु¥याउने एन्फाले जनाएको छ।

भ्रमणको पहिलो दिन भाद्र २२ गते बिहान १० बजे कञ्चनपुरको लालझाडी युवा क्लबको नव निर्मित भवनको उद्घाटन गरिने छ। सोही दिन सो क्लबकै खेलमैदानमा कञ्चनपुर जिल्ला फुटबल संघद्वारा आयोजना गरिएको फूटबल फर स्कुल्स कार्यक्रमको पनि औपचारिक उद्घाटन हुनेछ।

त्यसपछि भाद्र २३ गते बिहान १० बजे कैलालीको जुगेडास्थित श्री मनकामना युवा क्लबको खेलमैदानमा कैलाली जिल्ला फुटबल संघको आयोजनामा फूटबल फर स्कुल्स कार्यक्रमको उद्घाटन हुनेछ। उक्त कार्यक्रम सुदूरपश्चिमका लागि यो ऐतिहासिक उपलब्धि हुनेछ ।

यो कार्यक्रम भवयताका साथ सफल बनाउन अहिले जिल्ला र प्रदेश संघका सबै निकायहरू आफ्ना–आफ्ना जिम्मेवारीमा सक्रिय रूपमा लागिरहेको अखिल नेपाल फुटबल संघ एन्फाका केद्रिन्य सदस्य एंव जिल्ला फुटबल संघ कैलालीका अध्यक्ष अनिल मल्लले जानकारी दिए।

केही दिनअघि काठमाडौंस्थित दशरथ रंगशालामा एक बृहत कार्यक्रम आयोजना गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा फुटबल फर स्कुल्स औपचारिक उद्घाटन गरिएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?