You are currently viewing एपीएफ र नेपाली क्रिकेट बीच घनिष्ट सम्बन्ध छ क्यान अध्यक्ष -चन्द /@APF  /@ChaturBahadurChand

एपीएफ र नेपाली क्रिकेट बीच घनिष्ट सम्बन्ध छ क्यान अध्यक्ष -चन्द /@APF /@ChaturBahadurChand

पौष १२,धनगढी : नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेटमा एपीएफको ठूलो योगदान रहेको बताएका छन । शुत्रबार शुक्लाफाँटा नगरपालिका ५ झलारीमा रहेको एपीएफ स्कुल झलारीमा खेल सप्ताहको उद्घाटन गर्दै एपीएफ र नेपाली क्रिकेट बीच घनिष्ट सम्बन्ध रहेको समेत बताए । उनले स्कुललाई खेलकुद हबका रुपमा विकास गर्न आग्रह गरे। ‘एपीएफ क्लब क्रिकेट संघको पहिलो विभागीय टीम थियो, पारस खड्का, महिला क्रिकेट टीमका कप्तान इन्दु बर्मा पनि एपीएफकै उत्पादन हुन्,’ उनले भने, ‘नेपाली क्रिकेटलाई स्वदेश तथा विदेशमा चिनाउन एपीएफको महत्वपूर्ण योगदान रहेको छ, यस स्कुललाई खेलकुदको हबका रुपमा विकास गर्नुहोला।’

शुक्लाफाँटा नगरपालिका–५ स्थित गर्जमुनीमा क्रिकेट मैदान निर्माणका लागि पहल भइरहेको अध्यक्ष चन्दले बताए। ‘अन्तराष्ट्रिय स्तरको खेलकुद मैदान बनाउन लागि प्रयास गरिरहेका छौं,’ उनले भने, ‘त्यहाँ क्रिकेट मैदान बनाउन सकिने प्रप्याप्त जमिन छ, यहाँहरुको साथ र समर्थनले क्रिकेटले नयाँ उचाई प्राप्त गरेको छ।’

शुक्रबारदेखि सञ्चालन भएको खेल सप्ताहमा १७ विधामा खेलकुद प्रतियोगिता गराइने स्कुलका प्रिन्सिपल महेन्द्र कार्कीले बताए। ‘क्रिकेट, फुटबललगायत १७ विधामा प्रतिस्पर्धा गराइनेछ, सबै विद्यार्थीहरुलाई खेलकुद प्रतियोगितामा सहभागी गराउनेछौं।’ एपीएफ स्कुलमा १ सय ४ जना विद्यार्थी अध्ययनरत छन् भने ६ जना शिक्षक छन्। खेल सप्ताहको उद्घाटनमा फुटबल प्रतियोगिता आयोजना गरिएको थियो। फुटबल प्रतियोगितामा बैजनाथ सदनले विजयी सुरुवात गरेको छ। वैजनाथले ३ गोल गर्दा शैलेश्वरीले १ गोल मात्रै फर्काउन सक्यो। एपीएफ स्कुलका समादेशक तथा सशस्त्र प्रहरी उपरीक्षक देवबहादुर चन्दको अध्यक्षतामा भएको खेल सप्ताह कार्यक्रममा प्रमुख अतिथि क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, विशिष्ट अतिथिमा नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य बिक्रम विष्ट, प्रदेश अध्यक्ष बाशुदेव जोशीलगायत रहेका थिए।

Leave a Reply