You are currently viewing एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करण आजदेखि पोखरामा शुरू हुँदै

एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करण आजदेखि पोखरामा शुरू हुँदै

२०भाद्र,धनगढीः एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करण आजदेखि पोखरामा शुरू हुँदैछ । पोखरा रङ्गशालामा रहेको बहुउद्देश्यीय कभर्ड हलमा हुने प्रतियागिताको उद्घाटन खेलमा आज साबिक विजेता कर्णाली यश्विस र घरेलु टोली पोखरा निन्जाज खेल्दैछन् । यो खेल दिउँसो २ बजे शुरू हुनेछ ।
यस्तै आजनै दिउँसो ४ बजे ललितपुर क्विन्स र मधेश युनाइटेड पनि खेल्दैछन् । ललितपुर गत संस्करणको उपविजेता हो । पोखरामा भलिबलको बढ्दो उत्साह र दर्शकको साथले प्रतियोगितालाई विशेष बनाएको छ । प्रतियोगितामा छ वटा फ्रेन्चाइच टोलीले खेल्दैछन् । कर्णाली यश्विस, पोखरा निन्जाज, ललितपुर क्विन्स, काठमाण्डौ स्पाइकर्स, मधेश युनाइटेड र लुम्बिनी लाभाज दोस्रो संस्करणका प्रतिस्पर्धी हुन् ।
कर्णालीले सुमित्रा रेग्मी, पोखराले प्रगति नाथ, मधेशले निरुता ठगुन्ना, लुम्बिनीले अरुणा शाही, काठमाण्डौले उषा भण्डारी र ललितपुरले सलिना श्रेष्ठलाई मार्की खेलाडी बनाएको छ । प्रगतिबाहेक अरू सबै पहिलो संस्करणका पनि मार्की हुन् । सबै टोलीले तीन जना विदेशी खेलाडी अनुबन्ध गरेका छन् । लिग चरणमा १५ खेल हुनेछ । सबैले एकअर्कासँग खेलेपछि शीर्ष दुईमा रहने टोलीले आउँदो भदौ २८ गते उपाधिका लागि खेल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply