फाल्गुन १८,धनगढी : धनगढी उपमहानगरपालिका वडा न.८ क्याम्पस रोडमा रहेको एरिष्टो इङ्लिस हाइस्कुलको आफ्नो गौरवमय ३२ औं वार्षिकोत्सव मनाएको छ । सनिवार विद्यालयको नयाँ भवनको प्राङ्गणमा विभिन्न,विद्यार्थीहरुको मौलिक नृत्य ,सांस्कृतिक कार्यक्रम र सुदूरपश्चिमको खेलकुदको क्षेत्रमा विशेष योगदान पुर्याएको भन्दै दर्जन बढी खेलाडी र प्रशिक्षकलाई सम्मान गर्दै वार्षिकोत्सव भव्यताका साथ मनाएको हो । विद्यालयका प्रबन्ध निर्देशक शान्ती अधिकारी क्षेत्रीको अध्यक्षतामा सम्पन्न वार्षिकोत्सव समारोहको प्रमुख अतिथि पूर्वमन्त्री एंव सुदूरपश्चिम प्रदेश सभा सदस्य रमेश सिंह धामी रहेका थिए भने वडा न.७ र ८ का वडाध्यक्ष,विभिन्न विद्यालयका प्राचार्य लगायत हजारौं अभिभावकहरुको उपस्थिति रहेको थियो । उपस्थित सम्पूर्ण अतिथि र अभिभावकहरुलाई अतिथिहरुलाई एरिष्टोका मावि संयोजक दिर्घराज भण्डारीले स्वागत मन्तव्य मार्फत स्वागत गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक हरी बुढाथोकी क्षेत्रीले विद्यालयको वार्षिक प्रतिवेदन वार्षिकोत्सव समारोहमा सार्वजनिक गरेका थिए । उनले धनगढीमा गुणस्तरीय शिक्षा प्रदान गर्न आफ्नो विद्यालय कहिल्यै पछि नपर्ने बताए । भाडाको भवनमा लामो समय अध्यापन गराउँदा धेरै दुख झेल्नुपरेको भन्दै बुढाथोकी क्षेत्रीले अब आफ्नै सुविधा सम्पन्न भवनमा पठनपाठन कार्य अगाडी बढेको भन्दै विद्यालय थप सुदृढ भएर जानेमा आफू विश्वस्त रहेको बताए । कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री एंव सुदूरपश्चिम प्रदेश सभा सदस्य रमेश सिंह धामीले एरिष्टो विद्यालयले सुदूरपश्चिमको शैक्षिक क्षेत्रमा ठूलो योगदान दिएको बताए । उनले संस्थामा क्षमतावान व्यक्ति भएकै कारण उत्कृष्ट नतिजा आइरहेको भन्दै विद्यालयका प्रधानाध्यपक हरी बुढाथोकी क्षेत्री र विद्यालयका प्रबन्ध निर्देशक शान्ती अधिकारी क्षेत्रीको प्रशंसा गरे ।
वार्षिकोत्सव समारोहमा सुदूरपश्चिम प्रदेशका महिला खेलाडी तथा प्रशिक्षक सम्मानित भएका छन । सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा खेल मार्फत देशको शिर उचो राखेको भन्दै उहाँहरुलाई हौसला मिलोस् भनेर सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक हरी बुढाथोकी क्षेत्रीले बताए ।
सम्मानित हुनेमा नेपाली यु १९ महिला क्रिकेट टोलीकी सदस्य स्नेहा महरा,नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी सदस्य कविता कुँवर,नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य चन्द्रा भण्डारी, नेपाली महिला राष्ट्रिय खो खो टोलीकी सदस्यहरु वर्षा पण्डित र सुस्बु राना र उस्सुकी अलिसा खातीलाई कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री एंव सुदूरपश्चिम प्रदेश सभा सदस्य रमेश सिंह धामीले सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए । त्यस्तै नेपाली यु-१९ महिला क्रिकेट टोलीकी सहायक प्रशिक्षक जानकी भट्ट र उस्सुका अन्तराष्ट्रिय रेफ्री एंव प्रशिक्षक रतन बहादुर थापालाई लाइफ टाइम एचिमेण्टबाट विशेष सम्मान गरिएको छ ।
त्यस्तै एरिष्टो इङ्लिस हाइस्कुलमा अध्ययनरत रहि विभिन्न खेलका राष्ट्रिय प्रतियोगीतामा सहभागी भएका विद्यार्थी खेलाडीहरुलाई पनि सम्मान पत्र र दोसल्ला सहित सम्मान गरिएको छ । सम्मानित हुने खेलाडीहरुमा क्रिकेटका किरन देउवा र हिशिला खड्का,ब्याड्मिन्टनका रियान्स चा्रधरी,उसुतर्फ योगेश चौधरी,दिपा जैशी,शिरिष श्रेष्ठ,आयुश चौधरी र चेस खेलका सुधा पौड्याल र विधि भण्डारी सम्मानित भएका हुन । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री एंव सुदूरपश्चिम प्रदेश सभा सदस्य रमेश सिंह धामीले सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका हुन ।
त्यसैगरी विद्यालयमा निरन्तर १० वर्षसम्म कार्यरत आधा दर्जन कर्मचारीहरुलाई पनि विद्यालयका प्रधानाध्यापक हरी बुढाथोकी क्षेत्रीले सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका हुन । विद्यालयको वार्षिकोत्सव समारोहमा उपस्थित प्रमुख अतिथि तथा सम्पूर्ण अतिथि र सम्मानित व्यक्तिहरुलाई मायाको चिनोको रुपमा साहित्यक पुस्तक प्रदान गरिएको थियो । पछिल्लो समय पठन संस्कृतिको श्रिवृद्धिका लागि यो निकै सहृरानिय कार्य हो । धनगढीलाई बौद्धिक शहरको रुपमा परिचित गराउन यस्ताखाले रचनात्मक कार्यले ठूलो टेवा पुग्नेछ ।
२०४९ सालमा ४९ विद्यार्थीहरुबाट स्थापना भएको विद्यालयले विगत ३२ वर्षदेखि सुदूरपश्चिम प्रदेशमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । करिबन २ हजार विद्यार्थी अध्ययनरत एरिष्टोमा ९० जना कर्मचारी कार्यरत छन । अहिले विद्यालय क्याम्पस रोडको पूर्व दक्षिण क्षेत्रमा आफ्नै सुविधा सम्पन्न भवनमा सरेको छ । विद्यालयमा दिवा तथा रात्रिकालिन आवासिय सुविधा पनि रहको छ । एरिष्टोमा अब आउने नयाँ शैक्षिक सत्रमा कक्षा ११ मा व्यवस्थापन संकायमा पढाइ सञ्चालन गरिने प्रबन्ध निर्देशक तथा सभापति शान्ती अधिकारी क्षेत्रीले बताइन । वार्षिकोत्सव समारोहको समापन गर्दै अधिकारीले अभिभावकहरुको विश्वासले नै विद्यालय यो अवस्थामा आइपुगेको भन्दै अभिभावकहरुको विश्वासलाई एरिष्टोले डगमगाउन नदिने प्रतिवद्धता व्यक्त गरिन । कार्यक्रमको सञ्चालन विकास विश्वकर्मा र सिम्रन साउँदले गरेका थिए ।